सिन्धुलीमा माधव नेपाललाई धक्का , एमाले बन्यो एक ढिक्का !

प्रफुल्ल् मुद्रामा नेताहरुः सिन्धुलीगढी होटलमा भएको लामो छलफलपछि एमालेलाई एकतावद्ध बनाउने सम्बन्धमा सहमति जुटेपछि बिहिरिने क्रममा सामुहिक फोटो खिचाउँदै नेताहरु ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सिन्धुली एक ढिक्का भएको सन्देश दिएको छ । आज एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी, कमलजंग राई, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, प्रदेश कमिटी सदस्यहरु गोविन्दलाल माझी, केशव देवकोटा, युवा नेताहरु कर्ण घिसिङ, दिनेश दाहाललगायतको लामो छलफलपछि सिन्धुली एमालेलाई एक ढिक्का बनाएर लैजाने सहमति भएको हो । एमालेमा अन्तरविरोध चलिरहँदा माधव नेपाल पक्षमा उभिएर नेतृत्व गरिरहनु भएका प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफु एकतावद्ध र बलियो एमालेको पक्षमा रहेको घोषणा गरेपछि सिन्धुलीमा एमालेमा उत्साह थपिएको छ ।
पार्टीभित्र अन्तरविरोध भइरहँदा जता सूर्य त्यहीं म भन्दै बसिरहनु भएका नेता खत्रीले पार्टी विभाजन का पक्षमा आफु कहिल्यै नभएको र आगामी दिनमा विधी संगत ढंगले पार्टीलाई अझ मजवुत र एकतावद्ध बनाएर लैजान आफु तयार रहेको बताएपछि एमालेका जिल्ला नेतृत्व सो कुरामा सहमत भएको बताइएको छ ।
शुक्रवार दिनभर भएको छलफलका क्रममा २०७५ जेठ २ गते फर्कने नेकपा एमालेको पछिल्लो निर्णयलाई कार्यान्वयनगर्दै समानान्तर कमिटीमा रहेकालाई पुरानै जिम्मेवारीमा फर्काउने र पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजाने सम्बन्धमा सहमती भएको छ ।
एमालेका नेताहरुको आजको सहमतिपछि सिन्धुली जिल्लामा माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा जाने नेता कार्यकर्ताहरु स्वत एमालेमा फर्कनेछन् । यस सम्बन्धी ठोस निर्णय पर्सि बस्ने जिल्ला कमिटी बैठकमा गरिने बैठकमा सहभागी एमालेका सचिवालय सदस्य कर्ण घिसिङले प्रदेशखवरलाई जानकारी दिए । यस अगाडि सिन्धुलीमा एकिकृत समाजवादीका नाममा युवाहरुले मोटरसाइकल र्याली निकालेका थिए भने जिल्ला पार्टी कार्यालय सञ्चालनको तयारी गरिरहेका थिए । तर आजको सहमति पछि सिन्धुली जिल्लामा माधव नेपाललाई ठूलै धक्का लागेको छ ।

May be an image of 8 people, including Kamal Jung Rai and Govinda Lal Majhi, people standing and indoor