ओलीलाई भेट्न बालकोट पुगे कानूनमन्त्री

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली फोटोः प्रेस सल्लाहकार सूर्थ थापाको फेसवुक वालबाट ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेट गर्न आफ्नो दूत पठाउनुएको छ । प्रधानमन्त्री नियुक्त भएपछि देउवाल पहिलो पटक कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अध्यक्ष ओलीसँग कुरा गर्न पठाउनुभएको हो । भेटमा कार्कीले बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा कुराकानी गरेको बुझिएको छ ।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो। कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उहाँकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेट्नुभएको हो । त्यसअघि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गर्नुभएको थियो ।

अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन। त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ। सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ।