नेताहरु निर्वाचन आयोगमा, जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता पछि नेता उपेन्द्र यादव ।

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

बुधबार अबेर राति दुई दलले एकताको घोषणा गरी नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने सहमति गरेका थिए ।

सोही सहमति अनुसार राजपा र समाजवादी पार्टीका नेताहरु बिहीबार बिहान कार्यालय खुले लगत्तै दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका थिए ।