दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज सिन्धुलीमा प्रदर्शन गरेको छ ।
एमालेको पार्टीकार्यालय बाट सुरु गरेको मोटरसाईकल र्याली ढुंग्रेबास र सिन्धुलीमाढी बजार परिक्रमा गरेपश्चात लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न सरकारले जनघाती निर्णय गरेको भन्दै युवाहरुले प्रदर्शन गरेका थिए । प्रर्दशनमा नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर जस्ता नारा लगाएका थिए ।
बुधबार दलविभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोग पुगेर एमाले समाजवादी नामको नयाँ दल दर्ता गरेको छ ।
(फोटो फिचर)





