सिन्धुली/कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले रोग किराले क्षति गरेका नगरक्षेत्रका धानवालीको स्थलगत अनुगमन गरेकाछन् । सन्देश जनप्रिय साप्ताहिकले धानवालीमा रोगको प्रकोपः किसानहरु चिन्तित भन्दै गतांकमा समाचार लखेको थियो । समाचार प्रकाशनपछि नगरपालिकाको वडा नं ४ र ५ मा लगाएको धान बालीमा देखिएको समस्याको तत्काल समाधान गर्नको लागि कमलामाइ नगरपालिकाका नगरप्रमुख खत्री, कृषि ज्ञान केन्द्र बागवानी बिकासका अधिकृत श्रीकृष्ण अधिकारी तथा
नगर कृषि प्राबिधिक देवी सापकोटा लगायतको टोलीले स्थलगत अवलोकन गरि उक्त समस्याको तत्काल नियन्त्रण तथा निराकरण गर्न चासो देखाएका हुन् ।

कृषि प्राविधिक सापकोटाका अनुसार किसानले लगाएका धान बालीमा रोक किराको प्रकोप बढेका बिबरणहरु बाहिर आएपछि कृषि शाखाले सूचनाहरु संकलनगर्लै त्यसको निराकरणका लागि काम थालेको हो । त्यसका लागि कमलामाई नगरपालिकाले कृषक लाई बिषादि अनुदानमा बितरण गर्न लागेको छ । नगरप्रमुख खत्रीले रोगकिराको प्रकोपलाई रोक्नका लागि किसानहरुलाई आवश्यक औषधीहरु उपलव्ध गराउने बताउनु भएको थियो । कृषकहरुलाई जानकारी गराउनु भएको छ ।

उहाँले आफु सँधै किसानहरुको पक्षमा रहेकाले विगतमा झैं सय पटक पटक पनि नगरपालिकाले किसानहरुलाई सहयोग गर्ने बताउँदा किसानहरु खुशी भएका थिए । स्मरणीय छ, कमलामाई नगरपालिकाले विगतमा पनि फौरी किरा र सलह नियन्त्रणका लागि नगर क्षेत्रका किसानहरुलाई वडा कार्यालयको शिफारिशमा आवश्यक विषादी र प्राविधिक सहयोग उपलव्ध गराएको थियो ।
