एमसीसी अघि बढाउने सभामुख सापकोटाको संकेत

Compressed by jpeg-recompress

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने संकेत दिनुभएको छ । एमसीसीमा राष्ट्रिय सहमति होस भन्ने चाहना राख्दै तीन बर्षदेखि रोकेर राखिएको बिषय अघ बढाउने संकेत गर्नुभएको हो । आज आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सापकोटाले एमसीसी अघि बढाउने संकेत गर्दै राष्ट्रिय सहमति हुनुपर्ने बताउनु भयो ।

‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस, किनभने यो जनताको घरघरमा पुगेको विषय छ,’ सापकोटाले भन्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी अघि बढाएको बेला तात्कालिन सभामुख कृष्णबहादुर महरा र सभामुख सापकोटाले सदनमा पेश नै नगरी रोकेर राख्नुभएको थियो । आफ्नो सरकार आएपछि मात्रै एमसीसी अघि बढाउने आदेश माओवादी अध्यक्ष प्ष्पकमल दाहाल, प्रचण्डले दिएपछि दुवै जना सभामुखले सो आदेश पालना गर्दै रोकेर राख्नुभएको हो । तर अव कम्फर्टेवल सरकार बनेपछि सापकोटाले एमसीसी अघि बढाउने संकेत गर्दै राष्ट्रिय सहमति होस भन्ने चाहना रहेको बताउनु भयो ।

राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाको अडान छ । यस्को अर्थ अव प्रधानमन्त्री देउवाले प्रचण्डको सवै गैरकानूनी आदेश मान्दै गए एमसीसी अघि बढने छ । प्रमुख बिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार संसदमै एमसीसीबारे प्रश्न गर्दे बहुमत भएकोले पास गर्ने कि फेल गर्ने भन्ने निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाउनु भएको थियो ।

बिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले संसदमै चुनौती दिएको भोलिपल्ट सभामुख सापकोटाले बातावरण बनाउन पत्रकारसँग सहमति होस भन्ने चाहना रहेको बताउनु भएको हो ।