अमेरिकी बन्दुक उत्पादक कम्पनी विरुद्ध मेक्सिकोको मुद्दा, रक्तपातलाई सहयोग गरेको आरोप

अमेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ। लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको छ ।

मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ । मेक्सिकोले जति दाबी गरे पनि क्षतिपूर्ति वा जरिवाना कति हुने भन्ने अदालतले निर्धारण गर्ने छ ।

Mass production - Wikipedia
अमेरिकी बन्दुक उत्पादक कारखाना । फोटोः डेलीमेल

आफ्नो व्यापारिक हितका लागि रक्तपातलाई बढावा दिने खालका नीति अख्तियार गरेको आरोप लगाइएका कम्पनीहरुले अहिलेसम्म टिप्पणी गरेका छैनन् । स्मीथ एण्ड वेसन, बारेट फायरआर्म्ससहितका कम्पनीविरुद्ध मुद्दा दायर भएको हो ।

मासाचुसेट्स राज्यको अदालतमा बुधबार मुद्दा दायर भएको हो । मेक्सिकोका लागुऔषध तस्कर समूहसहित अरु आपराधिक समूहलाई गैरकानूनी रुपमा तस्करीमाफर्त बन्दुक उपलब्ध गराउने गरेको आरोप छ । तस्करीमा कम्पनीहरुको सहयोग रहेको आरोप मेक्सिकोको छ ।

आफ्ना उत्पादनहरु तस्करी भएर आपराधिक समूहसम्म पुगेको जानकारी भएर पनि कम्पनीहरुले त्यसलाई रोक्न कुनै प्रयास नगरेको दायर मुद्दामा आरोप छ । मेक्सिकोमा तस्करी हुने बन्दुक मध्ये ७० प्रतिशत अमेरिकाबाट हुने सरकारको भनाई रहेको समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।