गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको मृत्यु भएको घटनामा सरकार गम्भीर रहेको बताएका छन्।
उनले घटनाको छानबिनका लागि समिति गठन भैसकेकाे जानकारी दिँदै उक्त समितिको प्रतिवेदन पर्खन पनि आग्रह गरेका छन्।
राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले धैर्य गर्न पनि आग्रह गरे।
उनले घटनाबारे छानबिन गर्न समिति सक्रिय भइसकेको र १० दिनभित्र प्रतिवेदन आउने पनि जानकारी दिए।
उनले छानबिन प्रतिवेदन जस्तो आउँछ सोही अनुसार सरकारले कदम चाल्ने बताए।