सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताएका छन् ।
स्वतन्त्र राजनीतिक समूह नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहनुभएका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त...
पाल्पाको एक स्थानीय तहका वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका ७ का वडा अध्यक्ष देवेन्द्र पुन तीन लाख घुस सहित रंगेहात प्रक्राउ परेका हुन् ।
शनिबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले रंगेहात प्रक्राउ गरेको हो...
जंगली बँदेल धपाउन छिमेकीले धान खेतमा थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
गएराति बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा खेतमा थापाको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादी र प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा परेको बताएका छन् । पार्टीले बुटवलमा बिहीबार आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले सत्ता पक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गर्दा राजावादीहरुको पक्षमा जनमत बढेको बताए ।
सत्तापक्ष र...
नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालगञ्ज–३, एकलैनीका ५२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहान २ः २५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन...
कपिलवस्तुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। उनका अनुसार ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्।
अस्पतालका...
रुपन्देहीमा थप दुईजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
बुटवल १ निवासी...
गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् ।
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप...
भारतबाट लुकिछिपी आएका कपिलवस्तुका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो १० दिनभित्रै भारतको महाराष्ट्रबाट लुकिछिपी आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा यशोधरा गाउँपालिका ५ का ८ जना र बुद्धभूमि गाउँपालिका...