कमलामाईद्वारा कृषकलाई अनुदानमा कृषि यान्त्रीकरण वितरण

कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी २२ जना कृषकलाई कृषि यान्त्रीकरण वितरण गरेको हो ।

नगरपालिकाको लगभग साढे ६ लाख लगानी र कृषकको साढे ६ लाख लगानीमा १२ लाख ६५ हजार लागतको कृषि यान्त्रीकरण कृषकलाई वितरण गरिएको थियो । नगरपालिकाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तगत कृषकलाई कृषि यान्त्रीकरण वितरण गरिएको कमलामाई नगरपालिकाका कृषि प्राविधिक देवी सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाका १४ वटै वडाका इच्छुक किसानले आवेदन दिनको लागि सूचना निकालिएको थियो । १४ वटा वडाबाट ४४ जना किसानले आवेदन दिएको कृषि प्राविधिक सापकोटाले बताउनुभयो । ४४ जना किसानबाट छनोट गरी २२ जना किसानलाई कृषि यान्त्रीकरण वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

No description available.

यस्तै कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले नगरले कृषिमा आत्मनिर्भर गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले नगरपालिकाले कृषकलाई आवश्यक विउँविजन,सामाग्री, यान्त्रीकरण ५० प्रतिशत अनुदानमा वितरण गरेको बताउनुभयो । साथै नगरले कृषकलाई गरेको सहयोगले के कति उपलब्धि भयो भन्ने अनुगमन गरिने मेयर खत्रीको बताउनुभयो । यस्तै उहाँले कृषकले प्राप्त गरेको कृषि यान्त्रीकरणको सही सदुपयोग गर्ने आग्रह गर्नु भयो ।

No description available.

कमलामाई नगरपालिकाका कृषि संयोजक तथा उपप्रमुख मञ्जु देवकोटाले नगर क्षेत्रमा कृषि क्षेत्रलाई आधुनिकरण गर्ने कृषि यान्त्रीकरण वितरण गरेको बताउनुभयो । निरन्तर कृषि क्षेत्रमा लागेका किसानलाई नगरले सहयोग गरिरहेको उहाँको भनाई छ । उहाँले नगरपालिकाले किसानलाई कृषिमा लाग्न उत्प्रेरित गर्ने सम्मान लगाएको कार्यक्रमको आयोजना गरेको प्रमुख देवकोटाले बताउनुभयो ।

नगरको कृषि संयोजक तथा उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा तथा नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आथित्यता, प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा, प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण घिसिङ, वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर थिङ लगाएत नगरका कर्मचारी र कृषकहरुको उपस्थिति रहेको थियो ।