एमाले छाडेपछि मात्रै देउवालाई हस्ताक्षर गर्न मिल्छ: बामदेव

एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेमै रहेर कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने काम कुनै पनि हिसावमा नैतिक हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले आफू भएको भए एमालेबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्ने भन्दै अनैतिक काम भएको प्रष्ट पार्नुभएको हो । ‘बिपक्षी पार्टीको नेतालाई हस्ताक्षर गर्ने काम नैतिक होइन, अनैतिक नै हो, म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ,’ बैठकमा गौतमले भन्नुभयो । आफ्नो धारणा राख्नेक्रममा गौतमले आफू व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गर्नुभयो ।

उहाँले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने भन्दै माधव नेपालसहितको एकता हुनुपर्ने धारणा पनि राख्नुभयो । ‘मैले मित्रघात अआजसम्म गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रुपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ,’ उपाध्यक्ष गौतमले भन्नुभयो ।