गोलन्जोरका एक सय विपन्न घर परिवारलाई लक्षितगर्दै सुधारिएको चुलो वितरण

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले विपन्न नागरिकहरुलाई लक्षितगर्दै एक सय घर परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । गोलन्जोर गाउँपालिका वडा नंं ६ वाशेश्वरमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष पुष्प कार्कीले सुधारिएको चुलो वितरण गर्नुभएको हो ।
वडाध्यक्ष पुरुशोत्तम श्रेष्ठको अध्यक्षतामा भएको वैकल्पिक उर्जा कार्यक्रम अन्र्तगत उपस्थित समुदायलाई सुधारिएको चुलो वितरण गरिएको थियो । कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दे गाउँपालिका अध्यक्ष कार्कीले आफु सदैव विपन्न र असहाय नागरिकको पक्षमा रहेको बताउँदै नागरिकको जीवनस्तर माथि उकास्न आफु क्रियाशिल रहेको बताउनुभयो । सम्वोधनका क्रममा उहाँले अगाडि भन्न्ुभयोः तपाईहरुलाई गाउँमा कुनै समस्याहरु आइपरे मलाई जुनसुकै बेला फोन गर्नुहोस् म तपाईहरुका निम्ती सहयोग गरिरहनेछु ।

No description available.

-अशोक ठकुरीबाट