गैरसरकारी संस्था सिसिएसको सहयोगमा सिन्धुली अस्पतालका स्वास्थ्य उपकरण मर्मत पछि प्रयोगमा

सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् ।

सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्‍यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा २१थान उपकरणहरू मर्मत सम्भार गरेको हो ।

बिहीबार अस्पतालमा  बायो मेडिकल इन्जिनियरिङ फाउन्डेसनको प्राविधिक टोली ले ५ थान प्यारेन्ट मिटर, २ थान ई सिजी मेशिन, ४ थान सक्सन पम्प, ४ थान निबुलाईजर, २ थान अक्सिजन फ्लो मिटर, १ थान पेरी लाइट, १थान मसिमो अक्सिमिटर र २ थान वाटर डिस्पेन्सर गरेर २१ थान उपकरणहरूको निःशुल्क मर्मत सम्भार गरेको सामूहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले सिन्धुली दर्पण सँग बताए ।

मर्मत सम्भार गरेको सामाग्री सिन्धुली अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष प्रलादकुमार पोख्रेल र मेसु उमेश प्रधानलाई हस्तान्तरण गरिएको पहाडीले जानकारी दिए ।

सामूहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष पहाडीले भने, ‘यस्तो कोभिडको महामारीको अवस्था बिरामीहरूलाई उपचार को लागि बाहिर जानु पर्ने बाध्यता छ । सरकारी  तथा गैरसरकारी निकाय हरुले स्वास्थ्य सामाग्रीहरू वितरण गरे पनि त्यसको अवस्था कस्तो छ ? काम गर्छ की गर्दैन ? त्यसमा कसैको ध्यान न पुगेको अवस्थामा हाम्रो संस्थाले जिल्लामा एक नयाँ कार्यको थालनी गरेका छौ।‘

उनका अनुसार बायो मेडिकल इन्जिनियरिङ फाउन्डेसन नेपालका प्राविधिक लक्ष्मण  श्रेष्ठ, उमेश कुमार खनाल,प्रेमबहादुर मगर, सुरेश कुमार पौडेल र मनीराम पनेरुले स्वास्थ्य उपकरण मर्मत सम्भार गरेका थिए।

सामाग्रीहरू बुझ्दै अस्पताल अध्यक्ष प्रलादकुमार  पोख्रेलले लाखौँ लाख रुपैयाँ पर्ने मेशिनहरू प्राविधिक सहयोग नभएर थन्किएको अवस्थामा संस्थाले मर्मतमा  सहयोग गरेको सह्रानीय  रहेको बताए । उनले उक्त  कार्यको प्रशंसा गरेका छन्।