तीनपाटनः उपाध्यक्ष उद्यमशिलता कार्यक्रम अन्तरगत तिनपाटन गाउँपालिकाले किसानहरुलाई लक्षितगर्दै कृषिजन्य वस्तुको बजारीकरणका लागि सवारीसाधान खरिद गरेको छ ।
गाउँपालिकाका व्यवसायिक किसानहरुले उत्पादन गरेका तरकारी फलफुललगायतका कृषिजन्य बस्तु बजारीकरणको अभावमा कुहिने समस्या बढेपछि गाउँपालिकाकी उपाध्यक्ष पदममायाँ तमाङले उपाध्यक्ष उद्यमशिलता कार्यक्रम मार्फत वोलेरो खरिद गर्नुहुने भएको हो ।
प्रदेशखबर डटकमसँग संक्षिप्तकुराकानीगर्दै उपाध्यक्ष तामाङले एक दुई दिनभित्रै सो गाडी आइपुग्ने जानकारी दिनुभयो । ‘गाउँ गाउँमा जाँदा किसानहरुले उत्पादन गरेको तरकारी बजार अभावमा कुहिन थालेपछि त्यो कुराले निकै पिडा भयो, त्यो देखेपछि केही न केही गर्नु पर्छ भनेरै मैंले तरकारी तथा फलफुलको बजारीकरणका लागि गाडि खरिद गर्ने निर्णयमा पुगेकी हुँ’ उहाँले अगाडि भन्नुभयो । सदरमुकाम जोड्ने बाटो भएपनि चाहिएका बेला गाडी नपाउने र पाइहालेपनि महंगो मुल्य तिर्नुपर्ने बाध्यता भएपछि बारीमैं तरकारी फाल्नुपरेको पिडा किसानहरुले सुनाएको उनले खुलासा गर्नुभयो ।











