सिन्धुलीले भन्दै हालका जिल्ला कमिटी सदस्य सूर्य पाख्रिनलाई साधारण सदस्य नरहनेगरी कारबाही गर्ने तयारी गरेको छ ।
नेकपा एमाले सिन्धुली पार्टी विरोधी गतिविधी गरेको र पाँच राजिनितिक दलहरूको संयुक्त विज्ञप्तीमा नेकपा एमालेको अध्यक्ष भनी हस्ताक्षर गरेको भन्दै एमाले नेता सूर्य पाख्रीन लाई स्पष्टीकरण सोधेको हो
नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कुमार कटुवालका अनुसार जिल्ला कमिटीको सदस्य रहेको व्यक्तिले के कति कारणले पार्टीको हित विपरीत एमालेको जिल्ला अध्यक्ष भन्दै हुँदै नभएको पदीय हैसियत देखार्इ सहिछाप गर्नु भएको छ । उक्त कार्यका आधारमा तपाइलाई किन कारबाही नगर्ने ? भनेर सोधेकोे थाहा लागेको छ ।
हामी ले दुई दिन भित्र जवाफ पठाउन भनेका छौ यदि अटेर गरे,अथवा चित्तबुझ्दो जवाफ नआएमा पार्टीको विधान अनुसार कारबाही अगाडी बढाउने अध्यक्ष कटुवाल कटुवालले खुलाए ।












