सिन्धुली अस्पतालबाट मंगलवार सबै भन्दा बढी ४० जना कोरोना संक्रमित रोग निको भएर घर फर्केकाछन् । उनीहरुलाई आज कोभिड उपचार युनिटबाट घर पठाइएको सिन्धुली अस्पतालले जानकारी दिएको छ । यो सँगै दोस्रो लहरमा संक्रमित भएर निको हुनेको संख्या ८५ पुगेको हो ।
अस्पताल प्रशासनले बाग्मती प्रदेश राजधानी हेटौडाबाट कुनै पनि बेला विरामीहरु आउने भएकाले कोभिडका बेडहरु खाली गर्नु परेको बताएको छ । त्यति मात्रै होइन अहिले गाउँ गाउँमा कोरोना संक्रमणको लक्षणसँग मिल्दाजुल्दा सयांै विरामीहरु गाउँ गाउँमा छन् यदी ती बिरामीलाई अक्सिजन आवश्यक पर्नसक्ने भएकाले पनि पूर्व तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताए ।
जिल्लामा आईसीयुमा राख्नु पर्ने विरामीहरु बढ्न थालेका छन् । सिन्धुलीमा ७५ जना विरामीहरु मात्रै राख्न सकिने क्षमता अस्पतालमा रहको छ । रुघाखोकी, उच्च ज्वरो र जिउ दुख्ने समस्याका विरामीहरु अहिले टोल टोलमा छन् । उनीहरुले आफुलाई संक्रमण भएको कसैलाई बताएका पनि छैनन् । जब श्वास प्रश्वासमा समस्या आउने गर्छ तब मात्रै छरछिमेकीलाई भन्ने गरेकाले कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिइसकेको स्वास्थ्यकर्मीनैं बताउने गर्छन् ।
कोभिडको संक्रमणबाट कमलामाई नगरपालिका , दुधौली नगरपालिका मरिण, तीनपाटन, सुनकोशी, ध्यांलेख, गोलन्जोर र हरिहरपुरगढी सुरक्षित छैनन् । जिल्लाका अधिकांश भागमा कोभिडसंग मिल्दो लक्षणका विरामी धेरै देखिएका छन् । काठमाडौ लगाय संक्रमण बढी भएका क्षेत्रबाट आएका व्यक्तिहरूबाट गाउँभरी संक्रमण फैलिएको र शरहरमा जस्तो लकडाउनको पूर्ण पालना नभएकाले पनि थप समस्या सिर्जना भएको बताइन्छ ।
स्वाव परीक्षणका लागि पनि कार्यालयले परीक्षणको दायरालाई बढाउन नसकेको गुनासो बढ्न थालेको छ भने स्वाब दिएका ब्यक्तिहरु पनि नतिजा नआउन्जेल सुरक्षित स्थानमा नबस्ने भएकाले कोरोना ओसार पसारमा सघाउ पुगिरहेको डाक्टरहरुको भनाई छ । सिन्धुली जिल्लामा दोस्रो लहरमा मात्रै ६ सय ५४ जनामा संक्रमण देखिएकोछ । यी मध्ये महिला २४४ र पुरुष ४१० छन् भने आइसोलेसनमा बस्नेहरुको संख्या ५५४ रहेको छ । १९९ महिला र ३३५ जना पुरुषमध्ये १४ जनामात्रै सरकारको नियन्त्रणमा छन् । बाँकी सबै आफ्नै घरमा बसेको बताइन्छ ।
सिन्धुली अस्पतालले ओपिडी सेवा बन्दगर्दै अक्सिजन आवश्यक भएका विरामी मात्रै अस्पताल आउन भनेपछि अहिले विरामीहरु मेडिकलहरुमा धाउन थालेकाछन् । गएको सोमवार स्टलबजार स्थित एञ्जल क्लिनिकमा अत्याधिक ज्वरो आएपछि उपचारका लागि पुगेकी सिलामेकी एक महिलालाई क्लिनिक सञ्चालकले भित्र पस्नै दिएनन् । आफ्नो आफन्तलाई टाउको दुखेर हन्हन्ती ज्वारो आएपछि उनी टाउको थिचिरहेको फोटो सन्देश जनप्रियले कैद गरेको थियो । उनी एक पात्र मात्रै हुन् अहिले क्लिनिकमा सयौं मानिसहरु धाउने गरेका छन् । निजी मेडिकलले विरामीले भनेको लक्षणका भरमा जाँंचै नगरी जथाभावी औषधी दिंदा स्वास्थ्यमा थप जटिलता थपिने त्रास फैलिएको छ । सिन्धुलीमा फर्मास्टिनैं बस्ने केही मेडिकल मात्रै रहेकाछन् ।
बढ्दैछ संक्रमण
सिन्धुली जिल्लामा केही दिन अगाडि भन्दा अहिले परिक्षणको दर बढेसँगै कोरोनाका विरामीहरु बढ्न थालेकाछन् । नगरक्षेत्र भित्रका मानिसहरुको पिसिआर परिक्षणमा सहजै पहुँच पुग्ने भएकाले पनि सबैभन्दा बढी कमलामाई नगर क्षेत्रकै परिक्षण बढी भएको हो तर ग्रामिण क्षेत्रमा ज्वरोका विरामीहरु अत्याधिक भएपनि उनीहरु लकडाउनका कारण पिसिआर परिक्षण गराउन जान नसक्ने र स्थानीय निकायले घरघरमैं पुगेर स्वाब कलेक्सन गर्ने व्यवस्था नगर्दा
विरामीहरुमा थप अन्योल बढेको हो । ११३ जनाको पिसिआर परिक्षण गरिएको मध्ये ५१ जनामा मंगलवार पोजेटिभ देखिएको हो । सिन्धुली जिल्लामा आज २८१ जनाको पिसिआर गरिएको र त्यसको रिपोर्ट भोलीमात्रै आउने बताइन्छ । दिपा भण्डारीले यो समाचार आजप्रकाशित सन्देश जनप्रिय साप्ताहिकमा लेख्नुभएको छ ।
बढ्दैछ संक्रमण
सिन्धुली जिल्लामा केही दिन अगाडि भन्दा अहिले परिक्षणको दर बढेसँगै कोरोनाका विरामीहरु बढ्न थालेकाछन् । नगरक्षेत्र भित्रका मानिसहरुको पिसिआर परिक्षणमा सहजै पहुँच पुग्ने भएकाले पनि सबैभन्दा बढी कमलामाई नगर क्षेत्रकै परिक्षण बढी भएको हो तर ग्रामिण क्षेत्रमा ज्वरोका विरामीहरु अत्याधिक भएपनि उनीहरु लकडाउनका कारण पिसिआर परिक्षण गराउन जान नसक्ने र स्थानीय निकायले घरघरमैं पुगेर स्वाब कलेक्सन गर्ने व्यवस्था नगर्दा विरामीहरुमा थप अन्योल बढेको हो । ११३ जनाको पिसिआर परिक्षण गरिएको मध्ये ५१ जनामा मंगलवार पोजेटिभ देखिएको हो । सिन्धुली जिल्लामा आज २८१ जनाको पिसिआर गरिएको र त्यसको रिपोर्ट भोलीमात्रै आउने बताइन्छ । दिपा भण्डारीले यो समचार आजको सन्देश जनप्रिय साप्ताहिकमा लेख्नुभएको छ ।











