नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ।
आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय तय भएको छ।
उनीहरूबीच सिंहदरबारमा भेटवार्ता हुने सम्भावना छ तर ठाउँ निश्चित भइसकेको छैन।
आजको भेटमा दुबै पक्षबाट अन्य नेता पनि सहभागी हुने स्रोतको भनाइ छ। ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेछन्।
यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन्।
ओली र नेपालबीच बिहीबारको भेटवार्ता सकारात्मक भएको र पार्टीभित्र देखिएका विवाद समाधानउन्मुख रहेको नेताहरूको भनाइ थियो।
एक कार्यदल बनाएर विवाद हल गर्नेमा उनीहरू छन्। नेपाल पक्षले सांसद पदबाट राजीनामा दिने भने पनि बिहीबारको छलफलपछि रोकिएको थियो।











