तीनपाटनमा छोरी बुहारीलाई व्यवसाय सञ्चालन तालिम


सिन्धुलीको तीनपाटन गाउँपालिकाले व्यवसाय सञ्चालन गर्न इच्छुक ३५ जना छोरी र बुहारीलाई व्यसाय सचेतता तथा शुरु तालिम दिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ८ दिने तालिम दिइएको महिला विकास शाखाले जानकारी दियो । तालिममा गाउँपालिकाका २२ जना बुहारी, १० जना छोरी र २ जना युवा सहभागी रहेका थिए । कार्यक्रमको समापान समारोहलाई सम्वोधनगर्दै गाउँपालिका अध्यक्ष कर्ण थापाले तालिमबाट सिकेको शिपलाई व्यवहारमा उतार्न सुझाव दिए । उनले गाउँपालिकाले गरेको लगानीलाई प्रयोगमा ल्याएर उदाहरणीय बन्न सहभागीहरुलाई आग्रहसमेत गरेका थिए । प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष थापाले यो कार्यक्रम क्रमशः अन्य वडामा पनि गरिने र उनीहरुलाई थप तालिमको व्यवस्था गरिने बताएका थिए ।
कार्यक्रममा विषेश अतिथिका रुपमा बोल्दै गाउँपालिका उपाध्यक्ष पदममायाँ तामांगले ब्यवसाय गर्न इन्छुक गाउँपालिकाका छोरी र बुहारीलाई व्यवसाय सचेतना शुरु तालिमले महत्वपूर्ण सहयोग गरेको बताइन् । उनले तालिमबाट सिकेको शिपलाई व्यवहारमैं उतार्न छोरी बुहारीहरुलाई आग्रहगर्दै आवश्यक परे गाउँपालिकाले थप सहयोग गर्ने उल्लेख गरिन् । तपाईहरु काम थाल्नुस्,गाउँपालिकाको तर्फबाट के कस्तो सहयोग आवश्यक पर्छ, त्यो सहयोग आफुहरुले उपलव्ध गराउने बताएकी थिइन् । अब पनि काम पाइएन, भनेर बस्ने होइन, तपाईहरु व्यवासय गर्न भनेर लाग्नु भएकोछ, त्यसका क्रियाशिल हुनुन्, त्यसबेला तपाईको घरमा सासु ससुराहरु पनि खुशी हुनुहुनेछ, तपाईहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ, उपाध्यक्ष तामांगले भनिन् । ११ नम्वर वडाध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई अविर लगाएर बिदा गरिएको थियो।