प्रधानमन्त्री ओलीद्धारा ढल्केबर–मुजफ्फरपुर (भारत) लाइनसहितको विद्युत सबस्टेशन सञ्चालन

देशकै सबैभन्दा बढी क्षमता भएको ढल्केबर–मुजफ्फरपुर (भारत) लाइनसहितको विद्युत सबस्टेशन सञ्चालनमा आएको छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेपछि विक्रम संवत १९६७ मा फर्पिङ पावर हाउसपछि पहिलो पटक ४ सय केभी सब–स्टेशन सञ्‍चालनमा आएको हो।

४०० केभी क्षमता भएको सबस्टेशनकोको ठेक्का सम्झौता सन २०१७ डिसेम्बर ८ तारिखमा लिन्कसन इण्डिया प्रा. लि. संग २ अर्ब २४ करोड ३० लाखमा भएको थियो।

४०० केभी क्षमता भएको सबस्टेशनकोको ठेक्का सम्झौता सन २०१७ डिसेम्बर ८ तारिखमा लिन्कसन इण्डिया प्रा. लिसँग २ अर्ब २४ करोड ३० लाखमा भएको थियो।

यो सबस्टेशनबाट भारत नेपाल, नेपाल भित्रै हेटौडा ढल्केवर, इनरवा ढल्केवर बिच विद्युत आदान प्रदान गर्न सकिने छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन्।

यस्तै कूल ४००-२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।

ढल्केबर सबस्टेशन बनेसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ। मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न पनि सकिने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने प्राधिकरणले जनाएको छ।