धर्मेन्द्र बास्तोलाको गिरफ्तारी विरुद्ध विप्लवले घोषणा गरे संघर्षका कार्यक्रम

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाले नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको छ।

पार्टीका केन्द्रीय समिति सचिवालय धर्मेन्द्र बास्तोलाको गिरफ्तारी विरुद्ध विप्लव समूह आन्दोलनमा उत्रेको हो। प्रहरीले नेता बास्तोलालाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

विप्लवले बिहीबार प्रेशित गरेको विज्ञप्तिमा सभा, जुलुश, मसाल जुलुशलगायत नेपाल बन्दका कार्यक्रमसमेत घोषणा गरिएको छ।