‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले प्रदर्शन गरेका छन्।

उनीहरुले धोती कुर्ता लगाएर शनिबार प्रधानमन्त्री ओलीको पक्षमा र्‍याली निकालेका हुन्।

‘धोती जुलुस’ नाम दिएर प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित प्रदर्शन भएको हो।

उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन् ।

ओली पक्षका नेता महेश बस्नेतको अगुवाईमा धोती जुलुस भएको हो । सहभागी सबैले धोती, कुर्ता, गम्छासहित पगरी लगाएका छन् ।