सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर संगठन कमिटीको आज सिन्धुलीमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि निर्वाचनमा जान गरेको घोषणालाई स्वागतगर्दै गुट, फुट र अबसरवादलाई परास्तगर्दै एक ढिक्का भएर ओलीले नेतृत्वको नेकपाको मूल प्रवाहमा सामेल हुन सबैमा अपील गरेको छ ।

नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठकोे अध्यक्षतामा भएको भेलाले नगरपालिकाका १४ वटै वडामा वडाभेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी पुस २८ गतेदेखी माघ १५ गतेसम्म सबै वडामा भेला सम्पन्न गर्ने निर्णय गरेको हो ।


त्यसैगरी बैठकले वडा भेला तथा प्रशिक्षण कार्यक्रमलाई व्यबस्थित गर्न नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठको नेतृत्व र सचिवमा पत्रकार कृष्णहरी घिमिरेलाई मनोनित गरिएको छ । त्यसैगरी कार्यालय टिम २१ जनाको बनाउँदै ५ जना पछि थप गर्ने निर्णय गरिएको इन्चार्ज श्रेष्ठले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ३०५ सदस्यीय नगरकमिटी बनाउनुका साथै ७ नम्वरको वडा संयोजकमा दुर्गावहादुर तामाङलाई मनोनित गरिएको छ ।
नेकपाको केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शान्तिमान कार्की, प्रदीप कटुवाल, केशव देवकोटालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।



