सिन्धुलीको सिद्धवावा माबिले स्मारिका बिमोचनगर्दै १६ जना दातहरुलाई गर्यो सम्मान

सिन्धुलीको सिद्धबावा माध्यमिक विद्यालय पानीट्यांकीले आज एक समारोका बीच सिद्धबाबा स्मारिका बिमोचन गर्नुका साथै विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार सुनुवारको अध्यक्षता एवम् वाग्मती प्रदेशसभा सदस्य बिनोद खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,बिशिस्ट अतिथिहरू ,वाग्मती प्रदेशसभा सदस्य प्रदिप कटुवाल ,कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, अतिथिहरू शिक्षा विकास समिति ईकाई प्रमुख नेत्र गजुरेल, कमलामाईका प्रमुख प्रशासकिय अधिकृत विषकशेन ढकाल, नगर शिक्षा अधिकारी शंकर लुईँटेल, कमलामाई ६ का वडाध्यक्ष उज्वल थापा लगायतले सम्वोधन गरेका थिए ।
कार्यक्रमको प्रारंभमा सांसद खड्का, कटुवाल र मेयर खत्रीले स्मारिकाको एकै साथ बिमोचन गरेका थिए ।
प्रमुख अतिथि खड्काले विद्यालय शिक्षाको सुधारका लागि सवै पक्ष लाग्न सके सामुदायिक बिद्यालयहरू पनि सुधारहुने बताउँदै बिद्यालयको कम्पाउण्ड निर्माण गर्नका लागि १५ लाख रूपैया आफ्नो कोषबाट छुट्याईसकेको खुलासा गरेका थिए ।
कार्यक्रमलाई सम्वोधनगर्दे नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद कटुवालले विद्यालयको समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले राजनैतिक अस्थिरताले गर्दा देशको सबै क्षेत्र प्रभाबित भएकाले सबैजना निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउँदै ओली नेतृत्वको सरकारले शिक्षा, स्वास्थय र त्यस क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढाएको उल्लेख गरे । कमलामाई नगरपालिकाका प्रमुख खत्रीले विधालय सुधार र गुणस्तरीय शिक्षाका लागि नगरको तर्फवाट सहयोग भइरहेको र आगामी दिनहरुमा पनि सहयोग उपलव्ध गराउन तयार रहेको बताए । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक एवम् विद्यालयलाई महत्वपूर्ण सहयोग उपलव्ध गराउने बिनोद थापा, नेकपा कमलामाई नगरकमिटी इन्चार्ज एवम् समाजसेवी महेन्द्रदेव श्रेष्ठलगायत १६ जना दाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले गरेका थिए ।
फोटोः फिचर

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
Image may contain: 4 people, including Tom Prasad Kafle, people standing and outdoor