नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप कटुवालले पार्टी भित्र देखिएको विषम परिस्थितिलाई ध्यान दिंंदै अलिकतिपनि बिचलित नहुन सिन्धुली जिल्लावासीलाई अपील गरेका छन् । पार्टीभित्रका केही नेतृत्वको गद्दारीका कारणले मुलुक नयाँ जनादेश तर्फ अग्रसर भएकोले त्यसलाई अत्यन्त गंभीरताका साथ लिई अगाडि बढ्न सिन्धुलीका सम्पूर्ण नेता तथा पार्टी कार्यकर्तामा अपील गरेका हुन् । आज बिहान प्रदेशखबरसँग कुराकानीगर्दै नेता कटुवालले हिजो सिन्धुली सदरमुकाममा युवा विद्यार्थीले गरेको कार्यक्रमको प्रशंसागर्दै कम्युनिष्ट पार्टी, सरकार र आन्दोलनको म्याडेड बिरुद्ध हर्कत गर्ने षडयन्त्रकारीहरुलाई चोटिलो जवाफ दिएको बताए । उनले युवा विद्यार्थीको कदमको खलेर प्रशंसासमेत गरेका थिए ।
मुलुक निर्वाचन तर्फ अग्रसर भइसकेकाले पार्टीको नाम, झण्डा र चुनाव चिन्हका विषयमा कुनैपनि अन्योलतामा नरहन अपील गर्दै प्रदेश सासदसमेत रहेका नेता कटुवालले सिन्धुलीमा एक नम्बरको पार्टी बनाइने उद्घोषसमेत गरेकाछन् ।