पार्टीको नीति तथा सिद्धान्तलाई आत्मसात् गरे सबै समस्याको समाधान हुन्छ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  नेता माधवकुमार नेपालले     पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अगघ बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् । 

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित  नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न  गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे । 

नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे । 

नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले  सम्मान गरेका थिए ।