ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढीमा मनाइंदै आएको भव्य कार्यक्रम भने यस वर्ष नरहेको प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले जानकारी दिए । गोरखाली सेनाले अंग्रेज फौजलाई परास्त गरेर विजयहाँसिल गरेको संझनामा सिन्धुली स्थित सेनाको वर्दवहादुर गणले सलामी अर्पण गर्ने कार्यक्रमछ ।
कोरोना संक्रमणका बीचमा मनाइन लागिएको आजको विजय उत्सव कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख खड्गवहादुर खत्री स्वयम रहनुभएको छ भने नेपाल एकिकरणका अध्येता पृथ्वीनारायण शाह, गोर्खाली कमाण्डर बंशु गुरुङलगायतको प्रतिमामा माल्यार्पण गरी झण्डोत्तोलन गरिने कार्यक्रम छ ।
गोर्खाली फौजले कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज (बेलायती फौज) लाई परास्त गरेर नेपालको अस्तित्व बचाउने त्यस स्थलमा विगत बर्षहरुदेखि हरेक बर्ष कात्तिक २४ मा विजय उत्सब मनाइदै आएको हो । नेपाल सरकारलेनैं कार्यक्रम गरेर मनाउनु पर्ने अबस्थामा बिजयलाई उत्सव कार्यक्रमलाई कमलामाई नगरपालिकाले एकल रुपमा मनाउन थालेपछि नयाँ पुस्ताले सिन्धुली गढी र त्यहाँ निर्माण भइरहेको युद्ध संग्राहालयको महत्व र भाव बुझ्ने मौका अवश्य पाउने छन् । सिन्धुली गढीको यो बिजयलाई हामी र हाम्रो पुस्ताले थाहा पाउनु र बिजयलाई सम्मान गर्न पनि उत्तीकै जरुरी छ ।