काठमाडौँ – राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक कोरोनाविरुद्धको लडाईमा प्रदान गर्ने घोषणा गरेका छन्।
उनले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेका हुन् । उनले सांसद विकास कोषको रकम पनि कोरोनाविरुद्ध खर्च गर्न प्रस्ताव गरेका थिए ।
एक वर्षको सबै पारिश्रमिक राहतमा दिने घोषणा गरेपछि घर खर्च कसरी चलाउने भन्ने प्रश्नमा उनले भनेका छन् ‘यस अघि बर्षौं साँसद नहुँदा जसरी नै। घरभाडा, गाडी र तेलखर्च पुर्ब पार्टीले दिदै आएको थियो। खाना सहितको सामान्य खर्च दाजुभाई र साथीहरुले। घुस र भ्रष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा,निर्वाचनमा समेत ठुला कर्पोरेट हाउस सँग चन्दा नलिने नीति सार्वजनिक गरी लागु गर्दै आएको छु।’
NKShresthaPrakash@nksthaprakash
हामी अहिले कोभिड-१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं।यसबेला एकताबध्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ।
यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।