सिन्धुलीको दुधौलीबाट कोरोना परीक्षण सुरु

दुधौली: सिन्धुलीको दुधौली नगरपालिकबाट पहिलो चरणमा जिल्लामा कोरोना संक्रमणको परीक्षण सुरु भएको छ । आज थप मानिसहरुमाथि जाँच गरिने थाहा लागेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकारीहरुले हिजो विदेशबाट दुधौली नगरपाकिाको क्वारेन्टीनमा बसिरहेका १८ जनाको र्‍यापिड किट मार्फत कोरोना संक्राणको परीक्षण सुरु गरिएको हो ।

वाग्मती प्रदेश सरकारले सिन्धुलीलाई तिन सय र्‍यापिड किट पठाएको थियो । परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य जाँचमा खटिएका गंगाराम कार्कीले जानकारी दिए ।

परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखेर उपचार गर्ने र थप परीक्षण लागि सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने बताइएको छ ।