सिन्धुलीमा न्यायालयप्रति बढ्यो अविश्वास !

जिल्ला अदालत सिन्धुलीले दुई महिलामाथि जर्वजस्ती करणीको अभियोग लागेका हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ का वडा सदस्य जंगवहादुर माझीलाई गत २४ गते धरौटीमा रिहा गरेको छ ।
जिल्ला न्यायाधीस किरण सिवाकोटीको इजलासले जलेश्वर महादेव मन्दिरका पुजारीसमेत रहेका माझीलाई १ लाख ५० हजार धरौटी दिई तारेखमा छोेडेपछि सिन्धुली जिल्लामा अदालतको फैसलालाई लिएर बिभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।
जिल्ला अदालत अगाडि विहान १० बजे भेटिएका आरोपीका भाइले दाइ आज धरौटीमा छुट्नु हुन्छ, त्यसैले २ लाख रुपैयाँ धरौटी राख्न लिएर आएको बताएका थिए । उनको कुरा सुनेपछि नजिकै रहेका सिन्धुली वारका पदाधिकारी छक्क परेका थिए । अदालतमा थुनछेकको बहस प्रारंभ नहुँदै बलात्कारको अभियोग लागेका दाई धरौटीमा छुटने कसरी थाहा पाए, यिनले, ती कानून व्यवसायीले टिप्पणी गरे ।
जवकी अदालतको बेञ्चमा सरकारी वकिल र प्रतिवादी पक्षका वकिलको रोहवरमा बयान लिने काम थालिएकै थिएन । अदालतमा सो दिन उक्त मुद्धा मात्रै थियो । अझ आश्चर्य त के छ भने बयान लिने क्रममा न्यायाधीसको उपस्थिति अनिवार्य मानिन्छ तर त्यस बला न्यायाधिस सिवाकोटी चेम्बरमा नभई आफ्नै कार्यकक्ष (कार्यालय)मा हुनुहुन्थ्यो । केही समयपछि चेम्बरमा आउनुभएका सिवाकोटीले वादी र प्रतिवादीका तर्फबाट भएका बहस सुनेपछि आरोपी मानिएका वडा सदस्य माझीलाई डेढलाख धरौटीमा छोड्ने आदेश दिनुभयो ।
जिल्ला न्यायाधिस सिवाकोटीले आरोपीलाई धरौटीमा छोड्नुहुन्छ भन्ने कुरा कसरी पहिल्यै आफन्तजनलाई थाहा भयो ? यो प्रश्न अहिले वकीलहरुका बीचमा चर्चाको विषय बनिरहेको छ । विगतमा महिला माथि भएका यौजन्य हिंसाको आरोपीलाई पुर्वपक्षका लागि कारागार पठाउन आदेश दिने न्यायाघीस सिवाकोटीले यस पटक किन धरौटीमा छोड्ने आदेश दिनुभयो ? अहिले यस्ता अनेकौं प्रश्न उठ्न थालेको छ ।
विगतमा तत्कालिन न्यायाधिस पुर्शराम भट्टराईले प्रभावमा परेर फैसला गर्न थालेपछि सिन्धुली जिल्ला अदालत प्रतिको आस्था र जनविश्वास घटाएको थियो । त्यसबेला सञ्चार माध्यममा आएका समाचारले न्याय मरेको संकेत गरिरहेको थियो ।

मैंले भन्न मिल्दैन, फैसला हेर्नुस्ः न्यायाधिस सिवाकोटी
जिल्ला अदालत सिन्धुलीले आरोपी वडा सदस्य माझीलाई धरौटीमा रिहा गरेको बिबरण बाहिर आएपछि सोही फैसला वारे न्यायाधिस किरण सिवाकोटीलाई सोधिएको जिज्ञासामा फैसला प्रति आफुले बाल्न नमिल्ने बताउनु भयो । ‘म काठमाडांै तर्फ जाँदैछु, अहिले बाटोमा छु, फैसला प्रति मैंले केही पनि बोल्न मिल्दैन, अदालतमा गएर फैसला हेर्नुस् ।’ विगतमा त्यही प्रकृतिको मुद्धामा पुर्पक्षमा पठाउनु हुन्थ्यो अहिले धरौटीमा छोड्नुभयो, तपाईले सही निर्णय गर्नुभएको हो ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयोः ‘मैंले गरेको फैसलामा तपाई के सोध्दै हुनुहुन्छ ? अदालत जानुस् र पहिला र अहिलेको फैसला हेर्नुस् ।’
के हो घटना
७७ साउन महिनाको ३० गते शनिवार तीन घण्टाको पैदल यात्रा गरेर जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ बर्षका महिला पूजारी माझीबाट बलात्कृत भएको बिबरणहरु बाहिर आए । बलात्कारको प्रयास गर्दा प्रतिकार गर्दागदैँ पनि माझीले स्वास्थ्य, निरोगी र सुख प्राप्त हुन्छ भन्दै जबरर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएका थिए । भगवानको दर्शन गर्न पुजाको थाली लिएर मन्दिर जाँदा उल्टै पूजारीबाट बलात्कृत भएर फर्किनु परेको ती महिलाले सिन्धुलीमाढीमा पत्रकारहरु समक्ष गुनासो गरेकी थिइन् ।
पीडित भनिएकी ३८ बर्षिया महिलाका अनुसार ‘पहिला एक जना मात्र आउ भनेपछि अगरबत्ती, फूल र अक्षता लिएर गुफाभित्र भएका देवताहरुको पुजा गर्न गएँ । पुजारीले रुद्राक्षको माला लगाईदिए, गुफाभित्र पुजा पनि गरें । त्यसपछि पुजा गर्न छुट्टाउनै नहुने भगवान माथि हुनुहन्छ भन्दै पुजारीले जंगल तिर देखाए । आफु विरामी मान्छे, बाटो अफ्ट्यारो रहेछ । जान सक्दिनँ भनेपछि पुजारीलेनै तानेर लगे । जान्न भनेर हात फु त्काउन खोजे, सकिन । त्यहाँ लगेर मलाई नाङ्गो बनायो ।’
‘पढेको छैन, बोल्न त्यति जान्दिनँ’ पीडित महिलाले थपिन्, पुजारीले शरिरको रोग यहाँबाट निकाल्नु पर्छ भन्दै मेरो यो नीमा दुख्ने गरि हात पसाए । स्तन खेलाएर दुख्ने गरि चिमोटे । घटना भएदेखि भोक, निद्रा हराएको छ । न्याय खोज्दै सिन्धुलीमाढी आइपुगेकी पीडित महिलाले त्यस बेला सुनाएकी थिइन् ।
यस्तै अर्की २५ बर्षिया पीडित महिलाले पुजारी माझीले आफुलाई पनि बलात्का र गरेको बताइन् । उनलाई पनि ३८ बर्षिय महिलालाई जस्तै व्यवहार भयो, मन्दिरका पुजारीबाट ।
“साथी पुजा गरेर बाहिर निस्किएपछि पुजा गर्ने पालो मेरो थियो । उनिसंग बोल्दै न बोली पुजा गर्न म पनि पसे । पुजारीले सिकाउँदै गए । मैले पुजा गर्दै गएँ । गुफा मन्दिर भन्दा अलि माथि खोल्सामा ढुंगाका देउता रहेछन्, पीडित महिलाले भनिन्, ‘ढुंगाका देउतालाई पुजा गर्न बाँकी छँदै पुजारीले मेरो अस्मिता पनि लुट्यो ।’
‘तिम्रो बुढालाई सम्झेर अँगालोमा बाँध भन्यो, मैले मानिनँ’, उनले थपिन्, ‘सुरुवाल खोल्यो र मुखमा उसको जिव्रो नचायो ।’ पुजारीले आफुले गरेको गल्ती कसैलाई नभन्न भनेको पनि उनले पत्रकार समक्ष बताएकी थिइन् ।
जिल्ला अदालतको आदेश बदर गर्न माग
वादी नेपाल सरकार र प्रतिवादी माझी रहेको यो मुद्धामा जिल्ला अदालत सिन्धुलीले गरेको थुनछेकको आदेश न्योचित नभएको निश्कर्ष निकाल्दै जिल्ला न्यायाधिवक्ताको कार्यालय उक्त आदेश बदरको मागगर्दै उच्च अदालत गएको छ । समाचार स्रोतका अनुसार जिल्ला न्यायाधिवक्ता गोविन्द गौलीले उच्च अदालत पाटनमा उक्त घटनाको मिसलहरु र न्यायाधिस सिबाकोटीले गर्नु भएको आदेशसहितका सम्पूर्ण कागजात पठाउनु भएको हो । जिल्ला अदालत सिन्धुलीबाट भएको आदेशप्रति सन्तुष्ट हुने ठाउँ नभएकाले माथिल्लो अदालत जानुको बिकल्पै थिएन, स्रोतले भन्यो । आजको सन्देश जनप्रिय साप्ताहिकले समाचार लेखेको छ ।