घुस लिने सिन्धुलीका ५ प्रहरी निलम्बनमा

बाग्मती प्रदेश प्रहरी कार्यालयले घुस लिने सिन्धुलीका ५ जना सहित ६ जना प्रहरीलाई नि लम्बन गरेको छ ।

मंगलबार कार्यालयले उनिहरुलाई घु स खाएको आरोपमा नि लम्बन गरेको हो । उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले गत बुधबार(साउन २१गते) सेवाग्राहीसँग घु स लिँदै गरेको अवस्थामा नि यन्त्रणमा लिएको थियो ।

नि लम्बन पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना छन् । कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाका अनुसार उनीहरूले सवारी चालकसँग विभिन्न वहानामा घु स लिएका थिए । उनीहरूमाथि अ नुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको थियो ।

नि लम्बन पर्नेमा सिन्धुलीका प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, डोरबहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र काभ्रे अन्तर्गतको ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नविनबहादुर थापा छन ।

निलम्बनमा पर्ने सिन्धुलीका प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, ,प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थिए ।