वीरगञ्ज महानगरका नगरप्रमुख सरावगीमा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरप्रमुख विजय कुमार सरावागीले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् ।

नगर प्रमुख सरावागिले कोरोना महामारीको समय जनताको सेवामा लाग्दा आफै कोरोना सङ्क्रमणको चपेटमा परेको जनाएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।

सोमबारदेखि काठमाडौँमा रहेका मेयर सरावगीलाई काठमाडौँमा उच्च ज्वरो आएपछी उनले आफ्नो पिसिआर परिक्षण गराएका थिए । बिहिबार आएको पिसिआर परिक्षणको रिपोर्टमा उनमा कोरोना देखिएको उनका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिए ।

सरावगी काठमाडौँको टङ्गाल स्थित आफ्नो घरमा अहिले होम आइसोलेसनमा रहेका द्विवेदीले बताए ।

‘वीरगञ्जलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ,’ मेयर सरावगीले फेसबुकमा लेखेका छन्, “तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।’

सरावागीले पछिल्लो पटक कोरोना संक्रमणबाट  वीरगञ्ज आक्रान्त बनेको बताएका छन् । उनले वीरगञ्जलाई वचाउन अग्रमोर्चामा रहने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिंदै अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नदिएकोले नगरवासीहरुको जीवन रक्षाका लागि  संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह समेत गरेका छन् ।

सरावगीले विगत पाँच महिनादेखि कोरोनाभाइरसको सङ्क्रमणबाट वीरगञ्जवासीलाई वचाउन आफुले हरेक सम्भव प्रयास गरेको बताएका छन् । उनले संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेसन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि आफुले नै जिम्मा लिएर नागरिकको जिवन रक्षाको लागि अथक प्रयत्न लागेको उल्लेख गरेका छन् ।

‘वीरगञ्जलाई वचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरे । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका सङ्क्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाए, सरावगीले लेखेका छन् ।

Vijay Kumar Sarawagiabout an hour ago

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।
विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे । संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जिवन रक्षाको लागि अथक प्रयत्न गरे । वीरगंजलाई वचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरे । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाए । वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काेराेनालाई जित्ने छु ।
पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त वनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु । अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाई दिदी वहिनीको जिवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गर्दछु । साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई दिदी वहिनीमा अपिल गर्दछु कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।