युद्ध ग्रस्त मुलुकमा कार्यरत लाखौं नेपालीको जीवन र पेशाको सुरक्षा गर्न नेता थापाको माग

नेकपा एमालेका नेता मनोज जंग थापाले इजराइल- इरान युद्धले मध्ये एसियालि देसहरुमा पैदा गरेको तनाव र संभावित दुर्घटनाको जोखिम बाट जोगिने उपाय अबलम्मन गर्न माग गर्नु भएको छ ।

नेता थापाले केही समय अगाडि एक अपील जारी गर्दै इजराईल- इरान युद्धले एशियाली देशहरूमा गम्भीर संकट पैदा गरेको बताउँदै त्यसबाट जोगिन नेपाल सरकारले विशेष काम थाल्न अपील गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्दै युद्ध ग्रस्त मुलुकहरूमा कार्यरत लाखौं नेपालीहरूको जीवन र पेशाको सुरक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएको प्रष्ट पार्नु भएको छ । उहाँले अगाडि लेख्नु भएको छ – ती देशमा कार्यरत नेपालीहरूको जीवन रक्षा र रोजगारीको प्रत्याभूति तथा आवश्यक वातावरण बनाउन नेपाल सरकारसँग विशेष माग गर्दछु ।