सिन्धुली: राष्ट्रिय स्वतन्त्र पार्टी तीनपाटनले आज एक प्रेस बिज्ञप्ती जारीगर्दै हतियार बरामद प्रकरणमा पार्टी अध्यक्ष र पार्टीको नाम जोडिएकोमा दुःख व्यक्त गरेको छ ।
तीनपाटन गाउँपालिका ५ लंगुर खोलाबाट प्रहरीले बरामद गरेको तीन थान भरुवा बन्दुकको विषयमा पार्टी अध्यक्ष र पार्टीको नाम जोडिएर आएका समाचारप्रति दुख व्यक्तगर्दै भ्रमपूर्ण समाचार संप्रेषण नगर्न आग्रह गरेको सचिव भोजवहादुर बिकद्धारा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।










