ध्याङलेखमा एमाले उमेदवार मनोजजंग थापाको घरदैलो, देखियो जनउभार

सिन्धुली: नेकपा एमाले सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनोजजंग थापाले ध्याङलेख गाउँपालिकामा आफ्‌नो निर्वाचन प्रसार प्रसार कार्यालयको स्थापना गर्नुभएको छ ।
नेकपा एमाले ध्याङलेखद्धारा आयोजित एक भव्य कार्यक्रमका बीच प्रतिनिधीसभा सदस्य उमेदवार थापाले निर्वाचन कार्यालयको स्थापना गर्नुभएको हो । स्थानीय जनसमुदायको ठूलो उपस्थितिका थापाले चुनावी प्रचार कार्यालयको स्थापना गर्दै यहाँको विकास र सम्बृद्धिका लागि आफ्‌नो तर्फबाट सक्दो पहल गर्ने बिश्वास दिलाउनु भयो ।
ध्याङलेखलाई जडिबुटी उत्पादनको केन्द्रका रुपमा विकासगर्दै यहाँका कसानहरुलाई व्यावसायिक उत्पादनमा जोड्न र सडक सञ्जाल मार्फत यहाँका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यमा आफ्‌नो सदैब सकारात्मक ढंगले अगाडी बढेको बताउनुभयो ।


यस क्षेत्रको विकासका लागि प्रतिवद्धतापत्रमैं आफ्‌नो दृष्टिकोण र सम्बृद्धिका पाइलाहरु लिपिबद्ध गरेर घरदैलोमा सक्रिय रहनुभएका थापाले ध्याङलेखको समग्र बिकासका लागि गाउँपालिकासँग समन्वय गरेर भौतिक पूर्वाधार र सडक सञ्जालको विस्तारमा काम गरिरहेको खुलासा समेत गर्नुभयो ।
चुनाबी अभियानका क्रममा घरदैलोमा पुग्नुभएका उमेदवार थापाको पक्षमा स्थानीय समुदायको उभार देखिएको छ । जसले एमाले उमेदवार थापालाई थप उत्साहित बनाएको देखिएको छ ।
नेकपा एमालेले आउँदो २८ गतेभित्र पालिकाको सबै वडामा निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरिसक्ने २ नम्बर क्षेत्रीय प्रचार संयोजक कृष्णहरी घिमिरेले जानकारी दिनुभयो ।