सुशीला कार्की प्रधानमन्त्री नियुक्त, कुलमान र ओम अर्याल मन्त्री

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त हुने भएका छन्। शपथपछि शितल निवासमै बस्ने मन्त्रिपरिषदले संसद विघटनका लागि सिफारिस गर्नेछ।