खोटाङबाट प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीको टेलिफोन सम्बाद, दिए जन्मदिनको शुभकामना

 एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगसंवाद गर्नुभएको छ । झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहनुभएका एमाले अध्यक्ष ओलीलेखोटाङको दिक्तेलबाट आज साँझ प्रधानमन्त्री दाहालसंग टेलीफोन वार्ता गर्नुभएको हो । संवादमाअध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिनुभएको छ  बार्तापछि एमाले अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङगरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो। उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !‘