पूर्व जनमुक्ति सेना नेपालको २३ औं वर्षगाँठः पदम अस्तानीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन

पूर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले २३ औं वर्षगाँठको अबसर पारेर विषेश भेलाको आयोजना गरेको छ ।
विभिन्न पार्टीमा छरिएर रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई विषेश भेलाका नाममा आज सिन्धुली माढीमा जम्मा गरिएको हो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न पार्टीमा छरिएर रहेका पूर्व जनमुक्ति सेना सम्बद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो । माओवादी केन्द्रले थालेको अभियानका क्रममा सिन्धुलीमा युद्ध लडेका साथीहरु पार्टीमा भूमिका बिहिन भएका र घाइते, बेपत्ता र अपांग भएकाहरुलाई पार्टीबाट उचित सम्मान र सहयोग नभएको आवाज उठेपछि पार्टी नेतृत्वले पहिलो चरणमा पूर्व जनमुक्ति सेना सम्वद्धहरुको विषेश भेला आयोजना गरेको थाहा लागेको छ ।
भेलाले पदम बहादुर अस्तानी (शरण) को अध्यक्षतामा पूर्व जनमुक्ति सेना नेपाल सिन्धुली गठन गरेको छ । १३ सदस्यीय नयाँ कमिटीको उपाध्यक्षहरुमा राजकुमार श्रेष्ठ (उत्साह) र गौरब काकी (सुदिप), सचिवमा केशव लोहार (भिषण), सहसचिवमा हरिकृष्ण घिमिरे र कोषाध्यक्षमा संगिता माझि सर्वसम्मत चयन भएकाछन्। त्यस्तै सदस्यहरुमा भुलबहादुर राना (अबिरल), छबिलाल श्रेष्ठ, सुक बहादुर सुनुवार, गोपाल श्रेष्ठ, सिताराम रम्तेल, सुनिता तामाङ र अर्जुन विक सहित १३ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई विधीसम्मत तरिकाले अगाडि बढेमात्रै जनयुद्ध लडेकाका साथीहरुको सम्मान हुने बताए । उनले पार्टी र नेतृत्वलाई सही मार्गमा डोहोर्याउन सबैले खबरदारी गर्न जरुरी रहेको औंल्याएका थिए ।

प्रमुख अतिथी गजुरेलले माओवादी पार्टी, नेतृत्वलाई सही बाटोमा हिंडाउन र आन्दोलनलाई नैतिक तथा भौतिक समर्थन गर्नको निम्ति पनि जनमुक्ति सेनाको कमिटी आवश्य रहेको बताएका थिए ।
कार्यक्रममा माओवादी केन्द्रले थालेको विषेश रुपान्तरण अभियानसँगै सिन्धुली माओवादीमा सकारात्मक सञ्चार हुन थालेको नेता गजुरेलले बताएका थिए ।

No description available.
अभियानका सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहाल ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् अभियानका सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहालले जसले जोखिम मोलेर अग्रमोर्चामा रहेर यो राजनीतिक परिस्थिति पैदा भएको छ, जसको विहे उसलाई देख्न नदे भने जस्तै जसले यो परिवर्तनको नेतृत्व गरे, तिनलाई उपेक्षा गर्ने कार्य ठीक नभएको बताए ।

उनले संगठित भएर गौरवगाथालाई स्थापित गर्ने र अग्रगामी यात्रामा जाने प्रतिबद्धताका साथ अगाडि बढ्न सुझाव दिएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य गोपि आछामी, बुद्धिमान माझि, दिर्घराज श्रेष्ठ, सुरतवहादुर स्यांतान लगायत सिन्धुलीका पूर्व जनमुक्ति सेनाहरुको उपस्थिती रहेको थियो ।

May be an image of 10 people and people studying