प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले हिजो मंगलबार काठमाडौंमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको प्रदर्शनको तयारी स्वरुप युवा विद्यार्थीले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको युवा संघका उपाध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिए ।
मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको विरोध गरेका थिए । मशाल जुलुसमा सहभागीहरुले सरकारबिरोधी नारा लगाएका थिए । भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो । प्रदर्शनका कारण केहिबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो । भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई शसक्त बनाउन निर्देशन दिएका थिए ।
त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो । सरकारले माइतीघर मण्डलामा गर्ने भनिएको कार्यक्रमलाई अबरोधगर्दै निषेधाज्ञा जारी गरेपछि युवा विद्यार्थीले सो कार्यक्रम तीनकुनेमा गर्ने भएका छन् भने दुर्गा प्रसाईलाई बल्खु क्षेत्रमा कार्यक्रम गर्न स्थान तोकेको छ ।










