सिन्धुलीको सुनकोशी गाउँपालिकाले विगतमा ७ करोडमा लगाएको ठेक्का यस वर्ष ठेकेदारसँगको मिलेमतोमा १ करोड १८ लाखमा ठेक्का लगाएर अनियमितता गरेको आरोप लागेको छ ।
बागमती प्रदेशको करोडौं लगानीमा निर्माण गरिएको माछा पोखरी कौडीको मोलमा ठेक्का लगाएको भन्दै नेकपा एमाले सुनकोशी गाउँ पालिका कमिटीले ठेक्का प्रक्रिया र उब्जाउ क्षेत्रलाई मरुभूमि बनाउँदै क्रसर खोल्न दिइएको भन्दै आपत्ती जनाएको छ । पालिका कमिटी अध्यक्ष अशोक गिरीको नेतृत्वमा गएको एमाले सुनकोशीका प्रतिनिधी मण्डलले पालिका उपाध्यक्ष कपिल कोइरालालाई ज्ञापनपत्र बुझाउँदै शिक्षक सरुवा भएको गलत क्रियाकलाप बन्द नगरे कठोर निर्णय गर्न आफुहरु बाध्य हुने भनिएको छ ।
निएका गलत काम कारबाही रोक्न आफ्नो तर्फबाट सक्रियता देखाउने एमाले नेताहरुलाई बताएका थिए ।
गाउँपालिकाले कौडीको मोलमा पालिकाको समन्वयमा ठेक्का लगाएपनि त्यसको चौतर्फी आलोचना हुन थालेको छ ।
पालिकामा निरन्तर जनविरोधी काम हुन थालेपछि एमालेले सो गलत कार्यको भण्डाफोर गर्न थालेको युवा नेता कृष्ण मोक्तानले बताए । स्मरणीय छः सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले लामो समयदेखी सत्ता सञ्चालन गरिरहेको छ । -बिबेक लामा











