कमलामाई नगरपालिकाको वडा नं. १० र १३ जोड्ने चँदाहा नदीको पुल ठेकेदारको लापरबाहीले अलपत्र, नागरिकले पाए सास्ती

सिन्धुली: संघीय सरकार पुल महाशाखाको १२ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण थालिएको चँदाहा नदीमा निर्माणाधिन पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेपछि यस क्षेत्रका नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ ।
कमलामाई नगरपालिका वडा नं. १० र वडा नं. १३ जोड्ने यो पुल प्यासेफिक निर्माण जेभिले अलपत्र छोड्दा तीनपाटन गाउँपालिका र दुधौली नगरपालिकाका नागरिकलेसमेत सास्ती व्यहोर्नु परेको हो ।
निर्माणको ठेक्का पाएकोमा प्यासेफिक जेभिले संझौता बमोजिमको समय सकिएपनि पुल निर्माण कार्य अलपत्र छोडेको कमलामाई नगरपालिका वडा नंं. १३ का वडाध्यक्ष केशरवहादुर कार्कीले बताए । उनका अनुसार पटक पटक पुल निर्माणको ठेक्का पाएको कम्पनिका प्रतिनिधीलाई ताकेता गर्दा पनि कुनै चासो नदेखाएपछि स्थानीय वासिन्दाहरु आक्रोसित बन्न थालेका छन् ।
स्थानीय बासिन्दाले तोकिएकै समयमा पुल निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारलाई कारबाही गर्न र त्यस्ता फर्मलाइ कालो सूचीमा राखेर अयोग्य घोषित गर्न पनि माग गरेका छन् । समाचार स्रोतका अनुसार उक्त निर्माण कम्पनिलाई सत्तारुढ दलको संरक्षण रहेकाले काम नगर्दा पनि कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको हो ।

No description available.
No description available.
फोटोहरुः शंकर सौगात

यो समाचार बुधवारको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।