सात दशकदेखिको असंलग्न परराष्ट्र नीतिमा प्रतिवद्ध छौँ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी , फाइल फोटोः प्रदेशखबर.कम

राष्ट्रपति विद्यादेवी भण्डारीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको बताएकी छन्। ललितपुरको जावलाखेलमा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,‘अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन गर्ने तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोणहरू हाम्रो संविधानमा अभिव्यक्त भएका छन्।

हामीले करिव सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौँ, किनभने यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने हाम्रो विश्वास रहेको छ।’

उनले सबै प्रकारको युद्धको विरोध गर्दै राष्ट्रहरूका बिचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने बताइन्।