सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले अत्यन्तै अब्बल मानिन्छ । नेपाली राजनीतिको कोर्स परिवर्तनपछि पनि सिन्धुलीका नेताहरुले वारम्वार त्यही एजेण्डाहरुलाई जर्वजस्त ढंगले उठाउँदै आएकै हुन् । जनताको चाहनासँग प्रत्यक्ष जोडिएका ति विषयहरुलाई हिजो पनि मैंले उठाएकै थिएँ, आज पनि उठाइरहेको छु । हिजो पनि तपाइहरुको साथमा थिएँ र भोलि पनि तपाइहरु देखि कहिल्यै टाढा हुनेछैन । सिन्धुलीको सम्बृद्धिका लागि मेरो हेर्ने दृष्टिकोण पहिला देखीनैं पबित्र र उज्यालो छ । हामी सबै मानबता हौं, जोकोहीले पनि जनताका दुःख पिडा र आबश्यक्ताहरु पुरा गराउनका लागि सकारात्मक सोचबिचार गर्नैपर्छ । पिडितलाई न्याय र पिडकलाई कारबाही दिलाउनु समाजको मुल दायित्व पनि हो ।
मुलुक र समाजलाई अगाडि डोहो¥याउने भनेको राजनीतिनैं हो । तर विगत केही वर्षदेखी राजनीति फोहोरी बन्न थालेपछि त्यसको असर राष्ट्र र समुदायमासमेत देखियो । राजनीतिले गर्दा समाज र टोलटोलमा विभाजनहरु भए । हाम्रो सामाजिक एकता पनि खल्बिलियो । जस्तै आपत बिपत जुनसुकै अबस्थामा राम्रो नराम्रो जे परे पनि हामी सबैलाई सहायोगको भावनबाट अगाडि बढने विगतको हाम्रो सामाजिक नीति अपनाउनु जरुरी देखिएको छ ।
राजनीति भनेको समाजसेवा हो । नेपाली कांग्रेस र विपिले देख्नुभएको आदर्श पनि यहीनैं हो । तर अहिले राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरुको जमात बढिरहेको छ । विपी र गिरिजावावुले देखाएको आदर्श हराउँदैछ । हाम्रो गाउँ टोलमा भौतिक पुर्वाधाहरु सडक, मोटरबाटो, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा, कृषि–पसुपन्छी पालनको बिकास र दुग्ध विकासलगायत ठाउँअनुसारका फलफुल तरकारिको उत्पादनलाई बढाउनुका साथै कृषि उद्यमसिलता बिकास गरि जिबिकोपार्जनका कार्यक्रमहरु अगाडि बढ्नै सकेनन् ।
गाउँगाउँमा सिंहदरवार आयो । अधिकारहरु धेरै आए तर जनताको जीवनस्तर उकास्ने कुनै पनि कार्यक्रमहरु गाउँमा हुनैं सकेनन् । जिविको मुखी कृषिलाई व्यवसायिकरण गर्ने र उत्पादित बस्तुहरुको बजारीकरणका लागि कृषि सडकको निर्माणजस्ता विषयहरु अपेक्षाकृत पुरा हुन नसक्दा किसानहरुमा तिब्र निराशा पैदा गराएको छ ।
आफ्नो पालिकामा रहेका वेरोजगार युवाहरुलाई आफ्नो माटोमा खनि खोस्री गरेर उत्पादन मुखी कृषिका योजनाहरु अगाडि बढाएर बढ्दो बेरोजगारीलाई अन्त्य गर्नुपर्दछ ।
त्यसैगरी ९ वटा स्थानीय तहमा २ वटा नगरपालिका र ७ वटा गाउँपालिका भित्र भएको प्राचीन काल देखिको दृश्य र अदृश्यहरु देबि देउताका मठ मन्दिरहरु, गुम्बा चैत्य स्तुपा कुण्डपोखरी, कोशि ,गङगा माता झर्नाहरु र रमणीय अग्ला अग्ला डाँडा र समतल मैदानहरुको पर्ती बाँजो र रुख जङगल नभएको खालि पर्ती ठाउँहरुमा सडक, विजुली र खानेपानीको ब्यबस्था गरि सिन्धुली जिल्लाको पर्यटकिय क्षेत्रको बिकास निर्माणमा विषेश महत्व दिइनुपर्छ । बाह्य पर्यटकहरु भित्र्याउन र आन्तरिक पर्यटकहरु समेतलाई भित्र्याउनका लागि आन्तरिक तिर्थस्थलहरु स्थापनागरि बजार ब्यबस्थापन गरि होटेल, गेस्ट हाउस र रेस्टुराँको ब्यबस्थापन गरि राम्रो स्थानमा बद्धाश्रम, धर्मशाला, पाटिपौवासमेतको ब्यबस्था गरि सिन्धुली जिल्लाको बेरोजगारीलाई थोरै भएपनि कम गर्न सहयोग पुग्नेछ । त्यसका निम्ती जिल्लाका सबै राजनैतिक दल र सरोकारवाला निकायको साझा सहमति र एजेण्डामा कार्ययोजना निर्माण गरेर अगाडि बढाउनसके प्रतिफल प्राप्त हुन बेर लाग्दैन ।
सिन्धुलीको विकासमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको आधार यहि नैं हो । सिन्धुलीका धर्मावलम्बीले प्राचिनकालदेखबह कै चर्चा परिचर्चा हुँदै आएको घ्याङलेखको लखङ फ्याफुल्ला गुम्बा पर्यटन बिकास क्षेत्र समिति गठन बिधिबत रुपमा सस्थागत रुपमा विधि बिधान दर्ता प्रचलित नेपालको कानुबमोजिम सुचारु हुन थालेको छ । घ्याङ्लेखको एरियामा बस्तिपुर सातदोबाटो नारायणथान देखि लखङ फ्याफुला गुम्बा हुदै चौकी काकलिङ बजार हुँदै शान्तिस्वरी महाँदब दक्षिण कालिमन्दिर, नेत्रकालिमन्दिर, मरिण बराज्युथान, फपरचुली, पसुपती मन्दिर, सुनकोसी दुम्जा, कुशेस्वार महाँदब, भिमेस्वोर भिमसेन मन्दिर, सिन्धुलीगढि ऐतिहासिक दर्बार, कालिमाइथान मन्दिर, कमलामाई मन्दिर, मधुगङ्गा महादेव मन्दिर, गोलोन्जोर रमणीय इस्थल, फिक्काल पर्यटनका रमणीय अबलोकन गर्ने इस्थल मरिण पाँचकन्या पोखारी, क्यानेश्वार कुण्ड, मरिण माता मधुबनिडाँडा, रमणीय स्थाल टुँडिखेल ठाकुर राजाको शिला भएको र खाँडको शिला भएको खाँड, दामार मुडरे दोमान, महेन्द्र ज्याडि ऐतिहासिक हरिहरपुरगढि दरबार पुननिर्माणको पखाईमा छ ।
त्यसैगरी बागमति माता र टासिछ्योइ फेल गुम्बा, हरिहरपुर चिसोपानी पेमा थालिङ गुम्बा, छ्योइखोर्लिङ गुम्बा हरिहरपुरगढी, टासिमेथोक गुम्बा मरिणको मथौलिमा रहेको शेरब होइसेरलिङगुम्बा कमलामाईको उरगेन छोइलिङ, पेमाडगरलिङ, मरिण रिपोतला गुम्बा, कमलामाईकै हिसे खोलिङ गुम्बा सुनकोसी, टासि धर्केलिङ गुम्बा, घ्याङलेखको टासिछोइलिङ गुम्बा, साबिक नेत्रकालीको उरम्यान छोइफेल गुम्बा लगायत निर्माणाधिन अवस्थामा रहेका गुम्बाहरु पुनःनिर्माणको पखाईमा बसेको देखिन्छ । यस्ता गुम्बाहरुको निर्माणकार्यलाई गुम्बा बिकास समितिको चासो देखाइरहेको छ ।
हामी प्रतिक्षामा छौं, सिन्धुलीको सबै चोकचोकमा गुरु रेम्बोछें पञ्च भगबानको मुर्ती स्थापना गरि जिल्लालाइ शान्ती शान र अनुशासितको रमणीय जिल्ला निर्माण गरि शान्ती सम्बृद्धिको नमुना बनाउनु पर्छ । हाम्रो नेपाल गौतम बुद्ध जन्मेका मातृभूमि हो । बुद्धको सन्देश विश्वमा फैलिएको हामी सबैलाइ याद भएकै बिषय हो । मेरो तर्फबाट हालै निर्बाचित हुनुभएको प्रदेस सरकार, संघीय सरकार एवम् जनप्रतिनिधिज्यूहरुलाई माथी उल्लेखित विषयहरुमा विषेश ध्यान दिन र विकास निर्माणमा जनमुखी कार्ययोजना ल्याउन विषेश ध्यान दिन अपील गर्दछु ।










