सिन्धुलीको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीलाई एक फेरी भेटौंला कार्यक्रम मार्फत कर्मचारीहरुले विदाई गरेकाछन् । नगरपालिकाद्धारा आयोजित कार्यक्रममा सञ्चालक छत्र घिसिङले शव्द मार्फत विदाईको स्वर दिइरहँदा उपस्थित कर्मचारीहरुको आँखामा आँशु टिलपिलाईरहेका थिए ।
पाँच वर्षको अबधीसम्म हामीले असल अभिभावक पाएका थियौं, तर आज हामी ती असल अभिभावकलाई विदाईको हात हल्लाईहरँदा हाम्रा हाम्रा मटुहरु चिरिएका छन्, पिडाले छटपटाईरहेका छन् भनेर सम्बोधन गरिरहँदा हलभित्र सन्नाटा छाइरहेको थियो । कार्यक्रम सञ्चालन स्वयमं बोल्न सकिरहेका थिएनन, लाग्थ्यो, कमलामाई नगरपालिकाले अभिभावक गुमाइरहेको छ ।
कार्यक्रमा सम्वोधनगर्दै वातावरण शाखाका प्रमुख सागरकुमार ढकालले कमलामाई नगरपालिकालाई पाँच वर्षको छोटो अबधिमा विकासको एच्चतम् कार्यगरेर सदाका लागि देखिने छाप छोडेको बताउनुभयो । उहाँले धेरै जनप्रतिनिधीसँग काम गरियो, तर उहाँजस्तो सफल र कुशल नेता मैंले पाएकैं थिईन, आशा छ, अब आउने मेयर पनि उहाँजस्तै होस् भन्ने हाम्रो चाहना छ । कर्मचारीहरुका तर्फबाट सम्वोधन गर्ने क्रममा ढाकालले आधा धण्टा उहाँको खुलेर प्रशंसा मात्रै गरिरहनुभयो । कमलामाई नगरपालिकाको मेयर यसभन्दा अगाडि पनि धेरै आउनु भएको थियो, तर उहाँ आएपछि मात्रै नेपालमा मात्र नभएर विश्वमा यसको नाम उच्च बनेको छ । वाग्मती प्रदेशको सानो र विकासबाट पछाडि परेको नगरपालिकाले अहिले कोरिया र चीनका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको र यहाँको विकासमा मात्रै होइन, खत्रीले जनजनमा आफ्नो छाप छोडेर जानुभएको उल्लेख गर्नुभयो ।

आफुहरुका तर्फबाट काममा केही गल्ती कमजोरी रहँदा पनि उहाँबाट कहिल्यै रातोमुख हुनुपरेन, हाँसेरै ५ वर्ष बिते, आफ्नो अनुभव सुनाउँदै ढकालले भन्नुभयो । हामी चाहान्छौं, अबको मेयर खड्ग खत्रीजस्तै आउनुहुनेछ ।
कार्यक्रममा कमलामाई नगरपालकाका प्रमुख प्रशासकिय अधिकृत विशकशेन ढाकालले २ वर्षको छोटो काम काम गराइले उहाँसँग म अत्यत्न प्रभाबित भनेको र उहाँजस्तो नगरप्रमुख कहिल्यै नपाएको बताउनुभयो । काम गराईका क्रममा केही अप्ठेरा महशुस गरिएको भए क्षमा दिन र आगामी दिनमा पनि निरन्तर सहयोग गर्न पाइयोस् भन्दै नगरप्रमुख खत्रीको राजनैतिक तथा सामाजिक भविश्यको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै नगरप्रमुख खत्रीले कमलामाई नगरपालिकालाई राम्रो बनाउने क्रममा तपाईहरुमाथि कुनै पनि किसिमको अप्ठेरो र असहजता आइपरेको भए क्षमा दिन आग्रह गर्नुभयो । उहाँले कमलामाई नगरपालकालाई राम्रो नगरपालिका बनाउन ५ वर्ष तपाईहरुले मलाई साथ दिनुभयो, म सहयोगको सम्मान गर्दछु । उहाँले अब आउने नयाँ नगरप्रमुखले आफ्नो कामलाई निरन्तरता दिने विश्वास पनि लिनुभयो ।













