आगमी बैशाख ३० गते सम्पन्न हुन लागिरहेको स्थानीय निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट सुर्यबिनायक नगर प्रुमखको लागि लोकप्रिय एंव विकासप्रेमी नेता बासुदेव थापा पुनःनगर प्रमुखको लागि चुनावी मैदानमा हुनुहुन्छ। केही वर्ष अगाडिसम्म उपत्यकाको कर्णालिको रुपमा परिचित यो नगरपालिकामा थापा निर्वाचित भएपछि भएको विकास र परिवर्तनको कारण उहाँको जित सुनिश्चित रहेको नगरवासिहरुको धारणा रहेको छ।
पार्टी पङ्तिभित्र लोकप्रिय नेताको छवि बनाउनु भएका थापा अन्य पार्टीबाट पनि रुचाइएको उमेदवार हुनुहुन्छ। पार्टी नेतृत्वको मात्र नभै ग्रामीण जनताको सबैभन्दा बढी मन जित्न सफल हुनुभएका थापा नेकपा एमाले भक्तपुरको उपाध्यक्ष पनि हुनुहुन्छ। आफुलाई राजनीतिकर्मी भन्दा विकास कर्मी भन्न रुचाउने थापा सादा जीवन उच्च विचार बोकेका नेताको रुपमा चर्चित हुनुहुन्छ।
सुर्यबिनायक नगरपालिका काठमाडौं उपत्यका भित्रको नगरपालिका भएपनी अधिकांंस भुभागहरु पहाडी क्षेत्र भित्र पर्ने भएकोले पुर्वाधार विकासको कार्य अगाडी बढाउन त्यति सहज थिएन। तथापि निर्वाचन आगडी गरेका प्रायः प्रतिवद्धता पूरा गरेकै कारण उहाँको लोकप्रियता झनै बढेको र बाँकिरहेका आयोजनाहरुलाई पुरा गर्नको निमित्त उहाँ बाटनै सहज तरिकाले कार्य सम्पन्न हुने भएकोले पुनः उहाँलाईनै चुनावी मैदानमा उतारेको पार्टी स्रोतले जनाएको छ।
कृषी, शिक्षा, पर्यटन र पुर्वाधार, सुर्यविनायक समृद्धिको मुल आधारू भन्ने मुख्य नाराका साथ गत निर्वाचनमा होमिनुभएका विकासवादी नेता थापा निर्वाचित भएपछि धेरैनै महत्वपूर्ण कामहरू सम्पन्न भएका छन। नगरलाई नेपालकै नमूना र उदाहरणीय रुपमा विकास निर्माणका कार्य गरेर देखाउन सफल भएको र आफुले गरेको मतदान खेर नगएको मतदाताहरु बताउँछन।
थापा नेतृत्वको नगरपालिका टिमले यो बिचमा महत्वपूर्ण कामको रुपमा पक्की मोटरबाटो मात्र ११० किलोकिलोमिटर पिच गर्न सफल हुनु भएको छ । पक्की मोटर हिंड्ने पुल ३३ वटा बनेका छन् । केहि पुलहरु निर्माणाधीन रहेका छन।यिनको निर्माण कार्य सम्पन्न भएपछि नगरपालिका भित्र खासै पुलहरुको आवश्यकता नपर्ने निर्माण कार्यमा सहभागी भएका प्राबिधिक हरुको भनाई छ।
सुर्यबिनायक र अनन्तलिङ्गेश्वर मिलेर सुर्यविनायक नगरपालिका घोषित भएपछिको पहिलो नगर प्रमुख हुनुहुन्छ बासुदेव थापा।उहाँको कार्यकालमा नगरपालिकाको प्रशासकीय भवन पनि सिलान्यास भइसकेको छ । तीन सय वटा साधन पार्किङ गर्न सकिने पाँच तलाको भब्य हजार जना क्षमताको हलसहितको भवन बनाउन केही समय लाग्ने हुनाले त्यो पूरा गर्न बाँकि छ । कोरोनाको कारण निर्माणमा केहि ढिलाई भए पनि आगामी कार्यकालमा भवन निर्माण सम्पन्न गर्ने थापाको प्रतिबद्धता रहेको छ ।
त्यसैगरी,नगरमा सामुदायिक प्रशासकीय भवन १९ वटा बनेका छन् ।आधुनिक र प्रबिधिमैत्री नगर अस्पताल १ वटा, १० वटा स्वास्थ्य चौकी, बाटो ब्लक विछ्याउने काम ७ किलोमिटर, ढल विछ्याउने काम ४० दशमलव १ किलोमिटर, ३७ वटा सामुदायिक विद्यालयको पक्की भवन, १० वटा खानेपानी ट्याकी, खानेपानी पाईप विछ्याउने काम २० किलोमिटर, सिचाई कुलो २२ किलोमिटर, ट्रस पुल ४ वटा, बाटो सिमांकन २४ किलोमिटर, पाटी,पौवा,प्रतीक्षालय ९ वटा, आधुनिक र गुणस्तरीय मैदान १ वटा निर्माण गर्न उहाँ सफल हुनुभएको छ।
आफू कम्युनिस्ट भएपनी आफ्नो धर्म,संस्कृति र इतिहासको रक्षा र संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्नुहुने थापाकै कार्यकालमा नगरपालिकामा थुप्रै मठमन्दिर पुर्ननिर्माण भएका छन् । अनन्तलिंगेश्वरमा भब्य मन्दिर बनेको छ । केदारनाथको शिर डोलेश्वरमा पनि सांसद महेश बस्नेतको सांसद विकास कोषबाट दुई करोड बजेट राखेर मन्दिर निर्माणको काम सम्पन्न गर्न सफल हुनुभएका थापाकै नेतृत्वमा अन्य साना थुप्रै शिवालय, गुम्बा र देवलहरु पनि बनेका छन् ।
त्यस्तै, उहाँकै नेतृत्वमा नंखेलमा ७४ रोपनी क्षेत्रफलमा ल्याण्ड फिल्डिङ मार्फत रंगशाला निर्माणको काम अगाडि बढिरहेको छ ।खेल क्षेत्रमा आमूल सुधारको पक्षमा रहनुभएक थापाकै बिशेश प्रस्तावमा रंगशाला निर्माणको लागि नवौ नगर सभा बाट दुई करोड बजेट पनि छुट्याएको छ । रंगशालाको लागि अहिले जग्गा छुट्याउने काम अन्तिम चरणमा पुगेको छ ।
पाँच वर्षमा १५ अर्बको पूर्वाधारको मात्र काम भएको छ । थप प्रदेश, संघ र विभिन्न अंगहरुबाट बजेट आएको छ । नगरपालिकाले चार सय पृष्ठको पुस्तकनैं निकालेर कहाँ कहाँबाट बजेट आयो र के कति काम भयो भनेर बुँदागत रुपमा सार्वजनिक गरेको नगरपालिका स्रोतले जनाएको छ।
राज्यले दिएको सेवा सुबिधा समेत आफुले नलिने गर्नुभएका थापा आफ्नो ब्यक्तिगत पैसा खर्च गरेर नगर विकासको कार्यमा अनवरत खट्नु भएका जनप्रतिनिधि हुनुहुन्छ । जनताको समस्या समाधान गर्न रातदिन केही नभनी दत्तचित्त भएर लाग्नुहुने थापा कहिले किसान हरुको खेतमा काम गरिरहनु भएको देखिनुहुन्छ,कहिले साना(साना विद्यार्थी हरुको साथमा त कहिले श्रमिकहरुको बिचमा देखिनु हुन्छ।
कम बोल्ने धेरै काम गर्ने।नियमित जनसम्पर्क,राजनीतिमा सेवा भाव,भ्रष्टाचारमा सुन्यसहनसिलता।जनसेवामा पक्षपत नगर्ने स्वभाव।राजनीतिकर्मी भन्दा बिकासकर्मी। पुर्वाधार विकासको क्षेत्रमा उत्कृष्ट अनुभव।ईमानदार र शालिन ब्याक्तित्वका कारण बासुदेव थापाको नाम सुर्यविनायक नगर बिकासको पिताको रूपमा पनि चर्चा हुन थालेको छ। – रबि खड्का,भक्तपुर










