सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयर गुमाएको माओवादी केन्द्रले सिन्धुलीको एक अर्को पालिकमा फेरी उपाध्यक्ष पद गुमाउने अबस्थामा पुगेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको दुई दलिय गठबन्धन अन्र्तगत ध्याङलेख गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार शंकरमान घलानको विरुद्ध पालिकाको पेश्की रकम फरस्र्यौट नगरेको भन्दै जुरी दर्ताभएसँगै उनको उम्मेदवारी धरापमा परेको हो । एमालेकी तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार प्रमिला वाइवाले करोडौं बेरुजु रकम फरस्यौंट नगरेकाले गठबन्धन तर्फका उम्मेदवार बनेका घलानको उम्मेदवारी रद्धगरिपाउँ भन्दै उजुरी दर्ता गराउनुभएको थियो । उठबन्धनका उम्मेदवार घलानले ९० लाख रुपैयाँ पेश्की फरस्र्यौट गर्न बाँकी देखिएको ध्याङलेख गाउँपालिकाले उनलाई पटक पटक सो रकम बुझाउन ताकेता गरेको देखिएको छ ।
दक्षिणकाली सामुदायिक विद्युत विस्तार उपभोक्ता समितिको अध्यक्ष रहेका गठबन्धनका उम्मेदवारको बेरुजु प्रकरणबाट ध्याङलेख गाउँपालिकामा पनि एमाओवादी पत्तासाफ हुने भएको छ । पार्टीभित्र लोकप्रिय र जनाधार भएका व्यक्तिलाई नबनाई जिल्ला नेतृत्वले पैसा वाललाई उम्मेदलाई उम्मेदवार बनाएपछि कार्यकर्ताहरुले जिल्ला नेतृत्वको आलोचनागर्दै पार्टी छोड्ने चेतावनी दिएका थिएभने केही छाडेका थिए । यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ।