सिन्धुलीमा माधव नेपाल र बाबुराम भट्टराईको दललाई आउट गरेर कांग्रेस- माओवादीबीच गठबन्धन

सिन्धुलीमा सत्ता गठबन्धनरत दल एकीकृत समाजवादी र जसपालाई आउट गरेर कांग्रेस र एमाओवादी केन्दले मात्रै गठबन्धन गर्ने सहमति गरेका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन्। पाँचवटा पालिकाको प्रमुख कांग्रेस र चारवटाको प्रमुख माओवादीले लिने सहमति भएको छ।

भागवण्डाको विवरण
कमलामाई नगरपालिका–प्रमुख कांग्रेस, उपप्रमुख– माओवादी केन्द्र
दुधौली नगरपालिका – प्रमुख माओवादी केन्द्र, उपप्रमुख कांग्रेस
तीनपाटन गाउँपालिका – प्रमुख कांग्रेस, उपप्रमुख माओवादी केन्द्र
फिक्कल गाउँपालिका – प्रमुख कांग्रेस, उपप्रमुख माओवादी केन्द्र
गोलन्जोर गाउँपालिका – प्रमुख कांग्रेस, उपप्रमुख माओवादी केन्द्र
सुनकोशी गाउँपालिका –प्रमुख माओवादी केन्द्र, उपप्रमुख कांग्रेस
घ्याङ्गलेक गाउँपालिका – प्रमुख कांग्रेस, उपप्रमुख माओवादी केन्द्र
मरिण गाउँपालिका – प्रमुख माओवादी केन्द्र, उपप्रमुख कांग्रेस
हरिहरपुर गढी गाउँपालिका – प्रमुख माओवादी केन्द्र, उपप्रमुख कांग्रेस