प्रधानन्यायाधीशबिरुद्ध जारी आन्दोलनलाई थप शसक्त बनाउने बारको चेतावनी

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको माग गर्दै जारी आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिएको छ । 

प्रधानन्यायाधीश जबरा विरुद्धको आन्दोलन १०० दिन पुगेको अवसरमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बारले कोरोनाका कारण भर्चुअल रुपमा आन्दोलन गरको र अव पुनः भौतिक रुपमा आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिएको हो । 

पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलन सिथिल नभएको दावी गरे ।  उनले अव नयाँ कार्यक्रमका साथ आन्दोलन गरिने जानकारी दिए । उनले आन्दोलन मात्र नभई न्यायलयका सुधारका लागि पनि दवाव दिएको बताएका हुन् । 

श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका न्यायालयको प्रमुख भएकाले जिम्मेवारी लिनुपर्ने र सुधार गर्नतर्फ लाग्नुपर्ने धारणा राखे । पत्रकार सम्मेलनमा बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा सहयोग नगर्ने दलका विरुद्ध भोट माग्ने बताए । 

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग यथावत रहेको उनले बताए