चौबिस घन्टामा थपिएका संक्रमितभन्दा झण्डै तेब्बर बढी संक्रमणमुक्त

मुलुकभर गत चौबिस घण्टामा थपिएका संक्रमितभन्दा झण्डै तेब्बर बढी संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन्।

बितेको २४ घन्टामा १० हजार २६ नमूनाको पीसीआर परीक्षण २ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५७९ नमूनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

बिहीबार १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी  गरेको विवरणमा उल्लेख छ।

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ६२ हजार ५१७ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३२ हजार ५४६ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ। त्यस्तै मृत्यु हुनेको कुल संख्या ११ हजार ७७८ पुगेको छ। 

बिहीबार देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ। जसमध्य ६१ हजार ८६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्य २८१ जना आइसीयू र ५९ जना भेन्टिलेटरमा रहेका छन् भने १३८ जना क्वारेन्टिनमा रहेका छन्। 

मन्त्रालयका अनुसार बिहीबार देशभर २ लाख ६६ हजार ५४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।