सिन्धुलीको कमलामाई नगरपालिकाले पालिका क्षेत्रका वेरोजगार युवा विद्यार्थीहरुलाई निजामती सेवामा प्रवेश गराउने उदेश्यले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को कार्यक्रम अनुसार नगरक्षेत्र भित्रका शैक्षिक बेरोजगारी न्यूनीकरण गर्ने र तल्लो तहका युवाहरुलाई निजामती सेवामा प्रवेश गराउने उदेश्यले एक महिने निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको नगरपालिकाको सामाजिक विकास शाखाले जनाएको छ । सिन्धुलीको नौं स्थानीय तहमध्ये फरक र भिन्न खालका कार्यक्रमहरु सञ्चालनगर्दै आएको कमलामाई नगरपालिकाले एक महिने लोकसेवा आयोगले सञ्चालन गर्ने निजामती सेवाको परिक्षा तयारीका लागि निःशुल्क कक्षा प्रारंभ गरेपछि तोकिएको संख्या भन्दा दोब्बर युवा विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीको योजना अनुसार बेरोगार युवा विद्यार्थीहरुलाई निजामती सेवामा प्रवेश गराउने उदेश्यसहित लोकसेवा कक्षा प्रारंभ गरिएको सामाजिक विकास शाखाका नायव सुब्वा बबिन्द्रलाल माझीले जानकारी दिए ।
नगरप्रमुखमा खत्री निर्वाचित भएर आएदेखीनैं नगरले कमलामाईले बर्सेनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालनगर्दै आएको छ । अघिल्लो आर्थिक वर्ष २०७७।०७८ मा भने सहभागीहरूको छनोट लगायतको तयारी गरे पनि विश्वभर फैलिएको कोभिड १९ का कारण लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न नसकिएको माझीको भनाई छ ।
नगरपालिकाले यस वर्ष नायव सुब्बा र सहायक स्तर पाँचौँ, नेपाल प्रहरीको सहायक निरीक्षक र नेपाली सेनाको सहायक सेनानी पदका लागी लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालन गरेको हो ।
नगरपालिकाले नायव सुब्बार सहायक स्तर पाँचौँ, प्रहरी सहायक निरीक्षक र सहायक सेनानीको लागी ४० ÷४० जनाका दरले कुल १ सय २० जनालाई लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने तयारी गरे पनि ५८ जना भन्दा बढीको मात्रै आवेदन परेको थियो ।
उनका अनुसार नायव सुब्बा र सहायक स्तर पाँचौंको लागी ४५ जना, प्रहरी सहायक निरीक्षकको लागी १० जना र सहायक सेनानीको लागि ३ जनाले मात्रै आवेदन दिएकाले आवेदन दिने सबै ५८ जनालाई तयारी कक्षामा सहभागी गराएर पठन पाठन प्रारंभ गरिएको थियो । कक्षामा सहभागी एक जनाले नेपाली सेनाले लिएको परिक्षामा उर्तिण भएकाछन् ।
लोकसेवा तयारी कक्षामा सहभागी रहेकी कमलामाई नगरपालिका वडा ं५ की २३ वर्षीया सुमित्रा नेपाल भण्डारीले आफ्नो चाहना कमलामाई नगरपालिकाले पुरा गरेको बताइन् । राजधानी काठमाडौंबाट राम्रा राम्रा प्रशिक्षक झिकाएर दिइएको कक्षाले आफुहरुलाई राम्रो सहयोग पुगेको उल्लेख गरिन् । कोभिड संक्रमणका कारण पठन पाठनमा समस्या देखिएपनि प्रारंभिम चरणमा लोकसेवाको कक्षाको अनुभव लिएका मजस्ता साथीहरुका लागि यो निकै महत्वपूर्ण सिकाई भएको बताइन् । लोकसेवा कक्षामा सहभागी कमलामाई का वडा नंं ८ करकरेकी सुनिता पहाडीले लोकसेवा परिक्षाको प्रारंभिक कुराहरुनैं थाहा नभएका बेला तयारी कक्षाबाट आफुलाई धेरै फाइदा पुगेको बताइन् । उनले भगाडि भनिन्ः कमलामाई नगरपालिकाले म जस्ता पैसा तिरेर पढ्न नसक्नेहरुका लागि पढ्ने अबसर जुटाई दिएको छ, त्यो अत्यन्त सकारात्मक र उपयोगी पनि छ । यो एक महिनाका लागि मात्र हैन, कम्तीमा तीन महिनाका लागि भइदिने हो भने नगरपालिका धेरै वेरोजगारहरुले निजामती सेवामा नाम निकाल्ने थिए ।
लोकसेवा कक्षामा अघिल्लो बेञ्चमा बसेर पठन पाठनमा सक्रिय सहभागिता जनाएका इन्द्रवहादुर राय क्षेत्रीले कमलामाई नगरपालिकाले लोकसेवा परिक्षाको तयारी कक्षा सञ्चालन गरिदिएर वेरोजगार युवा युवतीहरुको भाग्य चम्काउने अबसर प्रदान गरेको टिप्पणी गरेकाछन् । प्रशिक्षकले पढाईरहँदा निकै उत्साहक पूर्वक सोधखोज गरिरहेका उनले लोकसेवा तयारी कक्षाकै कारण यसै पटक केही वेरोजगारले नाम निकाल्ने र यस्तो अबस्था सिर्जना गरिदिएकोमा उनले नगरपालिकाप्रति आभार प्रकट गरेका थिए ।
नेपाल प्रहरी र सेनामा भर्ना हुनका लागि आवश्यक पाठ्यक्रम र त्यसका अन्तरबस्तुवारे सिक्न पाउँदा आफु हर्षित भएको सुनाए । उनले अगाडि भनेः म जस्ता धेरै लाई प्रहरी र सेनामा भर्ना हुनका लागि कस्ता विषय बस्तु अध्ययन गर्नुपर्छ भन्ने थाहै थिएन, जब लोकसेवा अध्ययन कक्षामा सरिक भएँ त्यसपछि मात्रै सबैकुरा थाहा भयो । उनका अनुसार कमलामाई नगरपालिकाले नगरक्षेत्र भित्रका युवाहरुलाई लक्षित गरेर एक महिना मात्रै होइन कम्तीमा तीन महिना यस्ता कक्षा प्रांरभ गर्ने हो भने थुप्रै वेरोजगार युवाले निजाती र सुरक्षा निकायमा प्रवेश पाउनेछन् ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री भन्छन्ः अहिले देशकै मुख्य समस्या बेरोजगारी भएकाले शैक्षिक बेरोजगारीलाई कम गर्न लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो । उनी अगाडि भन्छन्ः कमलामाई नगरपालिकाले नगरक्षेत्रका वेरोजगार युवा विद्यार्थीहरुलाई लक्षितगर्दै सञ्चालन गरिएको लोकसेवा तयारी कक्षाबाट सहभागीहरुले अभिकतम लाभ लिन सक्नुपर्छ । तयारी कक्षमा सहभागीहरु सबैले लोकसेवाको परिक्षामा सामेल भएर आफ्नो काम निकालेको हामी देख्न चाहान्छौं, नगरप्रमुख खत्रीले भने । (साभारः कमलामाई फिचर सेवा)