पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५९२४ संक्रमित निको भएका छन्। त्यस्तै ६ संक्रमितले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ३३१८ पिसिआरबाट र १५८६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

हाल देशभर ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन्।